• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

५० बिघा जग्गा किर्ते प्रकरणमा नेकपा नेता पुरी फरार सूचीमा, फेसबुकबाटै प्रहरीलाई धम्की !

64x64
नेपाल लाइभ शुक्रबार, माघ १७, २०७६  १९:१८
1140x725

इटहरी- झापाको दमक नगरपालिका-८ मा ५० बिघा जग्गा किर्तेका आराेपी नेकपा नेता गगन पुरी प्रहरीको फरार सूचीमा छन्। 

राजमार्गको दक्षिणतर्फको नेकपा नगर पार्टी कार्यालयसँगैको जग्गा पुरीले किर्ते गरी आफ्नो नाममा दर्ता गराएका हुन्। 

बालुवाटार नामले चिनिएको जग्गा उनले मालपोत र नापी कार्यालयका कर्मचारीसँगको मिलेमतोमा दर्ता गराएको पाइएको हो। तत्कालीन माओवादी केन्द्रबाट दमक नगरपालिकाका मेयरका उम्मेदवार पुरीको समूहले मालपोतको ढड्डामै पाना थपेर किर्ते प्रमाण बनाएको पाइएको छ।

२०४० सालभन्दा अघि सो जग्गामा करिब ८८ परिवार सुकुम्बासीको बसोबास थियो। सुकुम्बासीलाई धनीपुर्जा दिने प्रक्रिया अगाडि बढिरहेको अवस्थामा रतुवा खोलाले कटान गरी बस्ती बगाएको थियो। त्यसपछी सुकुम्बासीहरुलाई स्थानान्तरण गरी अन्यत्रै सारिएको थियो।  हाल सो जग्गालाई बाँध बाधेर सुरक्षित गराइएको छ। 

पुरीले नापी र मालपोतका कर्मचारीहरुको मिलेमतोमा मालपोतको ढड्डामा विगत चार वर्षको बीचमा विभिन्न व्यक्तिको नाम चढाएर जग्गा लिन खोजेको अनुसन्धानमा खुलेको छ। सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउनका लागि नापी कार्यालय र मालपोत कार्यालयको ढड्डामा पाना समेत थप गरिएको छ। नापी र मालपोत कार्यालयका खातामा पाना थप्न लगाएर सो अनुसारको किर्ते धनीपुर्जा बनाइएको हो। 

पुरीले किर्ते गरेको विषय बाहिर आएपछी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको थियो। खोला किनारको सार्वजनिक जग्गाको कित्ता नम्बर नै परिवर्तन गरेर गगनको समूहले लिएको कुरा सिआइबीको छानबिनमा देखिएको छ।

Ncell 2
Ncell 2

जग्गा किर्ते गर्ने र गर्न सघाउने ६ जनालाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा दमक नापीका कर्मचारी बिनोद मण्डल, कृष्णप्रसाद भट्टराई, पथरीका ओमप्रकाश पौडेल, दमक-८ का वेदबहादुर पौडेल, सोही नगरपालिकाका कर्मचारी दलबहादुर खत्री र मोहन ओली थिए। उनीहरुलाई झापा जिल्ला अदालतले जनही तीन लाख ७५ हजार धरौटीमा रिहा गरेको छ।

पुरीले आफ्नो नाममा ल्याएकोमध्ये ११ बिघा जग्गा पौडेलको नाममा पास गराएका छन्। तीन कित्तामा छुट्याइएको जग्गामध्ये कित्ता नम्बर ७४ को जग्गा पौडेलको नाममा देखिएको छ। पौडेलले आफूलाई त्यसमध्येको दुई कठ्ठा दिने र आफ्नो नाममा ल्याउने सर्तमा पास गरेको प्रहरीलाई बयान दिएका थिए। उनको नाममा १३ बिघा जग्गा देखिएको छ। 

हाल गगन पुरीका दाजु दिलकुमार पुरी पक्राउ परेका छन्।

सिआइबीले गगनको घरमा छापा मारे पनि उनी फरार छन्। हाल उनी वारेसमा वकिल राखेर पक्राउ पर्नबाट बचिरहेका छन् । 

पुरीको गगन पुरी र रेवतराज पुरीको नाममा दुईवटा नागरिकता समेत भएको खुलेको छ। दोहोरो नागरिकताको विषयमा उनी विरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ। पुरी नेकपाको प्रदेश १ कमिटी सदस्य हुन्। उनी नेकपाका अध्यक्ष पुष्पकमल दाहालनिकट मानिन्छन्। 

पार्कको नाममा ठगी 
दमकमा विश्वस्तरीय पार्क बनाउने भन्दै प्रचार गरेका थिए। अजेयराज सुमार्गी, प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारी, नेकपा केन्द्रीय सदस्य देवेन्द्र दाहाल, दमकका स्थानीय ठेकेदार गणेश बस्नेतको संलग्नातामा पार्क बन्न लागेको भनी उनले प्रचार गर्दै आएका थिए। त्यही किर्ते गरिएको जग्गामा करीब १६ अर्ब रुपैयाँ लगानीमा पार्क बनाइने भएको थियो। 

फरार रहेका पुरीले नेपाल बाहिर बसेर फेसबुकमार्फत् प्रहरीलाई धम्की दिइरहेका छन्। उनले जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्र श्रेष्ठ, एसपी, डिआइजीलाई धम्कीको भाषामा स्टाटस लेखेका हुन्। ‘डिआइजी साब/एसपी साब मेरो कल रिसिभ गर्नुहोस्।’ ‘डिएसपी महेन्द्र जी पोलिटिक्स गर्ने हो?’ ‘दमक डिएसपी तपाईं कुन आशयले दमक आउनु भो?’ जस्ता स्टाटस लेखेर प्रहरी अफीसरलाई नै धम्क्याउने गरेका थिए। 


 

प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  १९:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने
हर्क साम्पाङले पनि दिए राजीनामा
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
काठमाडौँका ६ निर्वाचन क्षेत्रमा राप्रपाले टुंग्यायो उम्मेदवार आइतबार, माघ ४, २०८२
स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने आइतबार, माघ ४, २०८२
हर्क साम्पाङले पनि दिए राजीनामा आइतबार, माघ ४, २०८२
रुपन्देही– २ मा विष्णुप्रसाद पौडेल उम्मेदवार आइतबार, माघ ४, २०८२
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्