• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सरोज राय : दुःखीका एक आश

जसले उमेशलाई अरबमा मृत्युको मुखबाट बचाए
64x64
नेपाल लाइभ शुक्रबार, माघ १७, २०७६  ११:३७
1140x725

जनकपुर- ‘ए यता लिएर आऊ, यता... ए फूलमाला चढाऊ, फूलमाला, अबिर लगाइदेऊ’ शब्दहरू सम्मानका मात्रै थिए। हृदयदेखि नै। केटाकेटीदेखि बुढाबुढीसम्म खुसीमा थिए। आँखा रसाएका थिए। वर्षौंदेखि दबिएका पीडा, रोदन, व्यथा उल्लास बनेर निस्किएका आँसुले।

भीडमा थिए- सरोज राय। समाजको आँखा उनलाई हिरो देखिरहेको छ। पीडितका आँखा भगवान देखिरहेको छ। बेसहाराका आँखा उनमा सहाराको आश देख्छ। र, उनका आँखा सबैलाई देखिरहेका छन्- आफन्त।  

साउदी अरबमा मृत्युदण्डको सजाय सुनाइएको थियो- धनुषाका उमेश यादवलाई। १४ वर्ष त उनी साउदीको जेलमा नै परे। उनै यादवको ज्यान जोगाएर घर फर्काएका हुन्- सरोज रायले। यसैले उनको मानवीय कामको उल्लासमा नागरिक अभिनन्दन भयो। छेवैमा रहेका उमेशको भक्कानिएको रुवाइले बुझाइरहेको थियो- बाँच्नुको आशमा मिलेको सफलता।

यदि मृत्युको मुख हुन्छ भने उमेश त्यसमै थिए। निलिन मात्रै बाँकी। मृत्युको भंयकरता सन्तान गुमाउने आमाहरु जति कसले बुझ्ला। तब त आमाहरू गाउँको छोरा बाँचेर आएको उल्लासमा भनिरहेका थिए- ‘उसलाई यसरी बचाउने सरोज त भगवान नै हो।’

कोही किन यसरी सम्मानित हुन्छ? नबोलाइएका मान्छेहरु कसैको अनुहार हेर्न किन त्यसरी भेला हुन्छन्? एक ‘पराइ’को शीरमा आमाहरु आशिर्वादको हात किन राखिरहेका छन्? सञ्जालको जञ्जालबाहिर पनि कोही ‘स्टार’का रुपमा कसरी चिनिएको छ? सरोजको जीवन नियाल्दा अमानवीय बनिरहेको समाजमा मानवियताको मीठो पाठ मिल्छ।

घर फर्किएपछि परिवारसँग उमेश यादव।

–मधेस आन्दोलनमा मारिएकी सर्लाहीकी राधिका देवी खतमिनिया परिवारका लागि सरोज उद्धारक हुन्। आन्दोलनमा मारिएकी राधिकाको परिवारले सरकारबाट सहयोग पाएको छैन। त्यो बुझेका सरोजले राधिकाकी छोरी शिवकुमारीलाई सिलाइकटाइको प्रशिक्षण दिलाएर लुगा सिउने मेसिन पनि किनिदिए। त्यही मेसिन चलाएर शिवकुमारी परिवारको गुजारा चलिरहेको छ। तब त सरोजलाई दाइ मानेर शिवकुमारी रक्षाबन्धनमा भेट्न जनकपुर नै पुग्छिन्।

–एक दलालले तराई मधेसका विभिन्न जिल्लाका २६ जना बालबालिकालाई भारतको मद्रासमा काम गराउन लगे। समातिने डरले बसपार्कमा ती बालबालिका अलपत्र छाडेर दलाल भाग्यो। प्रहरीको सहयोगमा भारतमा बालबालिकाका क्षेत्रमा काम गर्ने ‘सीडब्लूसी’ आश्रममा राखिएका नेपाली भनि चिनिएका तर अभिभावक पत्ता नलागेका ती बालबालिकाको अभिभावक खोजेर जिम्मा लगाउने काम सरोजकै पहलमा भयो। केही बालबालिकाको फोटोको आधारमा सरोजले डेढ महिना लगाएर सबै बच्चाका अभिभावकलाई खोज्न सफल भएका थिए।

भारतबाट उद्धार गरिएका बालकसँग सरोज। 

–गरिबीको कारण छोरीको विवाह गराउन नसकिरहेका सिरहाको गोल बजारका विनोद रामलाई तत्कालै केही रकम सहयोग गरेर साथै कतारको प्रवासी मिथिला समाज कल्याण मार्फत सहयोग जुटाएर आफैं उपस्थित भएर सरोजले उनकी छोरीको विवाह गराइदिए। सरोजप्रति कृतज्ञ ती छोरी अहिले पनि समस्या पर्दा सरोजलाई नै सम्झन्छिन्।

Ncell 2
Ncell 2
nimb
nimb

–आफ्नो घर नजिक एउटा मन्दिर छ, मन्दिरमा सर्पको मूर्ति बनाइएको छ। मन्दिर छेउमा स्कूल र एउटा पोखरी छ भन्ने मात्र जानकारी दिन सक्ने अवस्थाकी भारतमा अलपत्र परेकी एक केटीलाई पनि सरोजले उद्धार गरेका थिए। उनले दिएको जानकारीका आधारमा लगातार ‘सर्पको मूर्ति भएको मन्दिर, छेउमा स्कूल र पोखरी’ भएको स्थान पत्ता लगाएर सरोजले अलपत्र ती केटीको सर्लाहीस्थित घर फेला पारेका थिए। उनले तिनलाई अभिभावकसँग भेट गराउन सके।

उखु किसानकाे आन्दाेलनमा समर्थन जनाउँदै सराेज।

–एक परिवारले घर खर्चका लागि साहुबाट ४० हजार रुपैयाँ ऋण लियो। तर तिर्न सकेन। गरिबीकै कारण आमाको निधन भयो। शोकमा परेका श्रीमानले आत्महत्या गरे। चार छोराछोरीको विचल्ली भयो। ४० हजार रुपैयाँ ऋण ब्याज जोडेर साहुले २ लाख २० हजार रुपैयाँ पुर्‍याएको थियो। परिवारको बाँकी आठ कठ्ठा घरजग्गा पनि साहुले नै लिए। टुहुरा बालबालिकाको विजोग थाहा पाएका सरोजले साहुलाई घर फिर्ता गर्न आग्रह गरे। उनको ऋण तिरिदिन रकम जुटाउने अभियान चलाइरहेका छन्। केही रकम जम्मा पनि भएको उनी सुनाउँछन्।

चलचित्रको कथा जस्ता लाग्ने यस्ता परिस्थितिहरु सरोजले धेरै देखिसकेका छन्। उनीसँग सहयोग र उद्धारका यस्ता वास्तविक कथाहरू निकै जोडिएका पनि छन्। कतिलाई सक्ने सहयोग गरिसकेका छन्। कसैको सहयोगको लागि काम गरिरहेका छन्। तीमध्ये कतिपय घटनालाई उनले सामाजिक दायित्वका कारण सार्वजनिक गर्न चाहँदैनन्। अहिले उमेश यादवलाई मृत्युदण्डबाट बचाउन सकेपछि त उनको तारिफमा समाज उर्लिएकै छ।

उमेशलाई अंगालाे हालेर रुँदै उनकी श्रीमती।

०००

सन् २००६, धनुषाको साविक माची झिटकैया-४ हाल कमला नगरपालिका-३ बस्ने उमेश यादव गरिबीबाट छुटकारा खोज्न साउदी अरब लागे। काठमाडौंको सुभाष मेनपावरले उनलाई लेबरका रुपमा काम गर्न साउदीको ‘बिनलादिन’ कम्पनीमा पठाएको थियो।

उमेश साउदी अरब पुगेको दुई महिनामा नै सँगै काम गर्ने पाकिस्तानी नागरिक मोहम्मद वाजिरसँग झगडा पर्‍यो। झगडामा घाइते भएका वाजिरको उपचारको क्रममा अस्पतालमा मृत्यु भयो।

हत्या आरोपमा उमेश पक्राउ परे। उनलाई जुबैलको जेलमा राखियो। दोषी पाइएकाले स्थानीय अदालतले उनलाई मृत्युदण्ड सुनायो। त्यसको जानकारी साउदी प्रशासनले साउदी अरबस्थित नेपाली दूतावासमा गरायो। दूतावासले उमेशबारे थप केही जानकारी प्रशासनलाई दिन सकेन। उमेश जेलमा नै रहे।

त्यसको पाँच वर्षपछि साउदी अरबका लागि नेपाली राजदूत रहेका उदय राज पाण्डेले उमेशलाई मृत्युदण्डबाट बचाउन पहल सुरु गरे। पहल झण्डै एक वर्षसम्म चलिरह्यो। त्यही पहलले सन् २०१२ को जनवरीमा पीडित परिवारले ‘ब्लडमनी’ लिएर उमेशलाई मृत्युदण्डबाट जोगाउने सहमति पनि भयो। तर पीडित परिवार भने सम्पर्कमा आएन। उमेश जेलमा नै परिरहे।

विस्तारै उमेशको मृत्युदण्डबारेका समाचार नेपालमा फैलिसकेको थियो। ‘घाँटी काटेर झुण्ड्याउने’ जस्ता शीर्षकमा समेत खबरहरु फैलिरहँदा त्यो कुरा सरोजले थाहा पाएका थिए। तब २०७४ साल फागुनदेखि उनी ‘उमेश बचाउ अभियान’ मा लागिपरे।

सरोज पाकिस्तान गएका बेला।

सरोज पीडित परिवारलाई भेट्न पाकिस्तान जानेदेखि साउदी अरबसम्म पनि पुगे। तीन पटकसम्म पाकिस्तान र एकपटक साउदी अरब गएका उनले नेपालस्थित पाकिस्तानी दूतावास, परराष्ट्र मन्त्रालय साउदीका नेपाली राजदूत, पूर्वराजदूत, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न राजनीतिक दलका नेतालाई पनि भेटे।

सरोज उमेशको ज्यान जोगाउन लागिपरिहँदा साउदी अरबमा जनरल अदालतले उमेशलाई ‘हरप्पा मुद्दा’ लगाएर फासीको सजाय सुनायो। त्यो समय सम्झँदै उमेश भन्छन्- ‘आँखा अगाडि अँध्यारो छाएको थियो। दिमाग त पूरा शून्य भयो। मृत्यु त सबैको आउँछ नै, तर पूर्वघोषित मुत्युले मानिस कुन अवस्थामा पुग्छ होला?’

उमेशलाई बचाउन यता सरोज जोडतोडका साथ लागिरहे। सहयोगहरु जुटाउन थाले। साउदी पुगेर नेपाली दूतावासको सहयोग लिए। न्यायाधीशसँग कुरा राखे। मृतक पाकिस्तानी नागरिकको परिवार भेट्न फेरि पाकिस्तान पनि पुगे। र, माफिनामा बनाए। सरोज भन्छन्– ‘म तीन पटकसम्म पाकिस्तान पुगेँ । पाकिस्तानी वकिल लगाएर परिवारलाई मनाएँ। अनि वकिलमार्फत ‘ब्लडमनी’को तीस लाख रुपैयाँ पीडितको परिवारलाई उपलब्ध गराउने सहमति भयो।’

यदि कुनै कारणवश ‘ब्लडमनी’ दिन नसकिए सरोजमाथि मुद्दा लाग्ने गरी कागज गरिएको थियो। ‘पीडित परिवारले मुद्दा दिएर पनि पैसा असुल गर्न सक्ने अवस्थाको कागज तयार गरिएको थियो अनि यताबाट पीडित परिवारले पनि माफीबाट पछाडि हट्न नपाउने प्राबधान उल्लेख गरिएको थियो’ सरोजले सुनाए।

उमेशलाई अंगालाे हालेर रुँदै उनकी श्रीमती।

अब सरोजको एउटै चिन्ता थियो- ‘३० लाख कसरी जुटाउने?’

असम्भव लागिरहे पनि उनले हार मानेनन्। पाकिस्तान स्थित नेपाली दूतावास गएर सहमतिसम्बन्धी सबै कागजात बुझाए। साउदी स्थित नेपाली दूतावासले सहमतिको कागजात पाएपछि पुनरावेदन गर्‍यो। कागजात साउदी अरबस्थित नियोगमा पनि बुझाइयो।

सरोजले भन्छन्- ‘उमेशको रिहाइका लागि मुख्य समस्या भएको ३० लाख रुपैयाँ मनकारी नेपालीहरुले सहयोग गरिदिए पछि त उनी रिहा हुने पक्का नै भयो।’

सरोजको दुई वर्ष लामो प्रयास गएको ८ गते बिहानसफल भयो। जब उमेश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सकुशल देश फर्किए। एक हप्ता सरोजले उमेशलाई आफूसँगै राखेर गएको १३ गते सोमबार परिवारजनको जिम्मा दिए।

उमेश यादवकाे साथमा सराेज।

मृत्युनजिकबाट श्रीमान फर्किएकाले उमेशकी श्रीमती सञ्जु खुसीले नै रोइन्। छोराहरु कमलेश र हितेश अवाक भए। रात दिन खटेर एक नेपालीको ज्यान जोगाउन सफल भएकोमा सरोजको मुहारमा पनि खुसी देखियो।

०००

४७ वर्षका सरोज जनकपुरका हुन्। उनका बुबा डा. रामस्वार्थ राय प्राध्यापक थिए। अहिले अवकाश प्राप्त जीवन बिताइरहेका छन्। सरोजका भाइ डा. सुनिल अमेरिकातिर छन्। बहिनी डा. सुनिता पनि बिर्तामोडमा जागिरे छिन्। सरोज भने इन्जिनियरिङ पढ्न रसिया गएका थिए। तर, भाषा समस्याले पढाइ छाडेर फर्किए।

रसियाबाट फर्किएपछि कम्प्युटरसम्बन्धी कोर्सका लागि भारत गए। फर्केर जनकपुरमा कम्प्युटर इन्स्टिच्युट सञ्चालन गरे। काठमाडौं गएर दुई वर्ष एक कम्पनीमा जागिर पनि गरे। राम्रो कामको लय खोजिरहेका उनले काठमाडौं बानेश्वरमा ‘चौरासी व्यजन’ रेस्टुरेन्ट पनि चलाए।

व्यवसायको दुनियाँमा रमाइरहेका सरोजलाई समाजका गतिविधिमा उति चासो थिएन। तर २०७२ सालमा गएको विनाशकारी भूकम्पले उनले समाजको कामदेखि धेरै पर राख्न सकेन। भूकम्पले उनको व्यवसायमा मात्रै होइन जीवनमा नै ठूलो कम्पन ल्याइदियो।

सरोज सुनाउँछन्- ‘भूकम्पको महाविनाशका खबर र दृश्यले मलाई विक्षिप्त बनाएको थियो। मनमा विनाशको ताण्डव नाचेको देखेर पीडामा परेकाहरुका लागि केही गर्ने हुटहुटी जाग्यो र सकेको जतिको खाद्यवस्तु, लताकपडा र साथमा आफ्ना रेस्टुरेन्टका कर्मचारीलाई लिएर गोरखासम्म पुगें।’

गोरखामा भूकम्पको पीडा देखेर सरोजको मनमा लुकेको मानवियता बाहिर देखिएको थियो। त्यसपछि उनी दुःखमा परेकाको सेवा र सहयोगमा रोकिएका छैनन्।

रेस्टुरेन्ट बन्द भएपछि सरोजले अहिले टायल कारखानामा केही लगानी गरेका छन्। डेरी खोलेर चलाउने हो कि भन्ने सोच पनि उनको मनमा छँदैछ। आफ्नो काममा एकरुपता नभए पनि ‘समाजको काम’मा भने सरोजको एक चित्त देखिन्छ नै।

सरोज अहिले तराई मधेस राष्ट्रिय परिषदमा पनि आबद्ध छन्। परिषद्ले तराई मधेस लगायत मुलुकभरि कै उत्पीडित समुदायका लागि आवाज उठाउने काम गरिरहेको छ। सरोजको अभियानमा पनि उनी आबद्ध परिषद्ले सहयोग पु‍र्‍याइरहेको हुन्छ। 

सामाजिक काममा रात दिन लागिरहेको परिवारलाई उति चित्त बुझेको थिएन। बुबाको चाहना जेठो छोरोले दुःख नगरोस् भन्ने छ। सरोजलाई पटक पटक भनिसकेका पनि हुन्छन्– ‘यो दुःख केका लागि? कसका लागि? राम्रोसँग बस, घरपरिवार सम्हाल।’

उमेश गाउँमा आएपछि।

तर एउटा सोचमा लागिपरिसकेका सरोजलाई बुबाको कुराले पनि रोक्ने कुरै भएन। यसैले अहिले त बुबा पनि उनले जे गरेको छ राम्ररी गरोस् भनेर सहयोग नै गरिरहेका हुन्छन्।

सरोजको समाजसेवाको अभियानमा सबैभन्दा ठूलो आडभरोसा र सहयोग उनकी श्रीमती संगीता रायले दिएकी छिन्। सरोजका हरेक कदममा साथ दिँदै संगीताले काठमाडौँमा छोराछोरी हेरचाहको पूरै जिम्मेवारी एक्लै सम्हालेकी छिन्।

तर कहिलेकाहिँ सरोजको बारेमा नकारात्मक टीकाटिप्पणी हुन थालेपछि उनकी श्रीमतीका साथै घरपरिवारका सबैलाई चित्त दुख्छ। सरोज सुनाउँछन्– ‘उमेशलाई बचाउने अभियानमा लागिरहँदा जनकपुरका एकजना पत्रकारले फेसबुक लाइभ गरेर मलाई जथाभावी गालीगलौज गरेका थिए। त्यो बेला श्रीमती साह्रै रोएकी थिइन्। म भने पाकिस्तानमा थिएँ।’

०००

सरोजका कामले नै उनीमाथिको आश अहिले अझ बढेको छ। अरुले नगरे पनि सरोजले त गर्छन् भन्ने भावना दुःखीहरुमा देखिन्छ।

यसैले त उनै सरोजलाई बुधबार धनुषा मिथिला नगरपालिका ढल्केवरका पर्यावरण अभियन्ता स्वर्गीय दीलिप महतोका बहिनीहरुले अर्को जिम्मेवारी सुम्पेका छन्- ‘दाजु लागिपरेको अधुरा काम पूरा गरिदिने।’

दीलिपको घरमा सरोज।

सोमबार दिउँसो दीलिप हत्याका घटनाबारे बुझ्न र परिवारका सदस्यहरुलाई सान्त्वना दिन गएका सरोजलाई दीलिपका बहिनीहरु शबन कुमारी महतो र लक्ष्मी कुमारी महतोले टाउकोमा गम्छाको पगडी बाँधिदिँदै दाजुको अभिभारा सुम्पिए।

अभियन्ता सरोज र चुरे मधेस विकास मञ्चका संयोजक सुनिल यादवलाई शबनम र लक्ष्मीले भने- ‘मेरो दाजु अब तपाईंहरु नै हुनुहुन्छ, मेरो दाइको जे सपना थियो, त्यो अब तपाईंहरुले दाजु बनेर पूरा गरिदिनु होला।’

नदीको अवैध दोहनविरुद्ध बोलेका दीलिपको हत्या भएको थियो। दीलिपको न्यायका लागि निरन्तर आवाज उठिरहेकै छन्। यसैले बहिनी लक्ष्मीले भावुक हुँदै भनिन्- ‘मेरो दाइको हत्यामा संलग्नलाई कडा कारबाही गराउन र उहाँको कामलाई अघि बढाउन लाग्नुहोला।’

सरोजले पनि भरोसा दिँदै भनिहाले– ‘दीलिप राम्रो कामका लागि लागिपरेको थियो, मेरो सोच पनि समाजमा राम्रो गर्ने नै हो, त्यसैले म तपाइँकै परिवारको सदस्य हो। दीलिपको न्यायका साथै अवैध उत्खनन् नियन्त्रणका लागि काम गर्नेछु।’

प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  ११:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्