काठमाडौं– ६७ हजार ९ सय १६ रुपैयाँ रकम उल्लेख गरेर काटिएको चेकलाई एक व्यक्तिले २० लाख ६७ हजार ९ सय १६ रुपैयाँ बनाएर साटेको पाइएको छ।
यसरी ६७ हजारको अगाडि २० लाख थपेर चेक साटेको आरोपमा प्रहरीले सामुदायिक आवास व्यवस्थापन समाज ताहचलका कार्यालय सचिव ५६ वर्षीय सन्तोष घिमिरे पक्राउ परेका छन्।
उनले सिद्धार्थ बैंक कुलेश्वर शाखाबाट जारी भएको उक्त चेकमा रकम थप गरेर आफ्नो खातामा जम्मा गरेका थिए।
उनलाई महानगरीय प्रहरी वृत कालिमाटीको टोलीले पक्राउ गरेको हो। उनले आफ्नो खातामा उक्त रकम जम्मा गरिसकेपछि २ लाख ६८ हजार रुपैयाँ भने मासिसकेको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।