काठमाडौं– दुई किलो २ सय ग्राम कोकिनसहित एक बोलिभियन नागरिक पक्राउ परेका छन्।
सिइ५१८५७ नम्बर राहदानी बाहक बोलिभियन नागरिक सोलोन क्याभेज मिगेल पक्राउ परेका हुन्। उनलाई लागु औषध नियन्त्रण ब्युरोको टोलीले ठमेलस्थित होटल बुद्धल्याण्डको ४०२ नम्बर कोठाबाट पक्राउ गरेको हो।
उनले सुटकेशमा फल्स बटम बनाई लुकाएर २ किलो २ सय ग्राम कोकिन नेपाल भित्र्याएका थिए। उक्त कोकिन नेपाललाई गन्तव्य बनाउँदै बाहिरिन लागेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।