काठमाडौं- सरकारले द्वन्द्वकालीन २ आयोगको म्याद १ वर्ष थप गरेको छ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आयोगको म्याद एक एक वर्ष थप गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिएका हुन्।
दुवै आयोगको म्याद चैत मसान्तसम्म मात्र रहेको थियो।
सरकारले अघिल्लो वर्ष दुवै आयोगको म्याद दुई वर्षसम्म लम्याउन सकिने गरि निर्णय गरेको थियो ।
२०७१ सालमा दुई वर्षका लागि गठन भएका दुई आयोगको म्याद दुई पटक गरेर ४ वर्षसम्म विस्तार भइसकेको छ।
सरकारले हालसालै दुई आयोगमा आयोगमा पदाधिकारी नियुक्त गरेको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।