काठमाडौं- सरकारका प्रवक्ता समेत रहेका सञ्चार ताथ सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले एमसिसी चीनलाई रोक्न नआएको दाबी गरेका छन्।
मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन्।
पत्रकार सम्मेलनमा उनले भने, 'एमसिसी चीनलाई छेक्न आएको होइन। बिआरआई अमेरिकालाई रोक्न पनि आएको होइन।'
पत्रकारले राखेको जिज्ञासामा उनले संसद्ले एमसिसी पारित गरेरै छाड्ने पनि बताए। संसद्मा दर्ता भइसकेको एमसिसी सम्बन्धी विधेयकमा छिटै छलफल गरेर पारित गरिने पनि उनको भनाइ छ।
उनले कुनै पनि देशले दिएको सहयोग सरकारले लिने पनि स्पष्ट पारे।
एमसिसीको सहयोग लिने विषय लामो समयदेखि विवादित बन्दै आएको छ। सत्ताधारी नेकपाका नेताहरूले यसलाई परिमार्जन गरी पारित गर्न अडान गर्दै आएका छन्।
अमेरिकी सरकारको सहयोग कम्प्याक्ट एमसिसीमार्फत् अमेरिकाले नेपाललाई ५५ अर्ब रुपैयाँ सहयोग उपलब्ध गराउने गरी सम्झौता गरिकसेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।