काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका कार्यालय सहयोगीविरुद्ध करीब ९ करोड बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ।
बिहीबार आयोगले कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध ८ करोड ९८ लाख ५८ हजार ६ सय १३ रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतमाथि गरेको अनुसन्धानबाट उनले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको दाबी गरेको छ।
उनको वैध आय ७४ लाख ७३ हजार ३ सय ७३ रूपैयाँ हुनुपर्नेमा ८ करोड ९८ लाख ५८ हजार ६ सय १३ रुपैयाँ देखिएको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।