काठमाडौं- प्रहरीले गैंडाको खागसहित २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं-८ बस्ने ४६ वर्षीय लब खत्री र कपन एकताबस्तीमा बस्ने दिनेश थापालाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ।
बुधबार गोप्य सूचनाको आधारमा खोजतलास गर्दै जाँदा गैंडाको खाग १ थानसहित उनीहरूलाई चावहिलबाट पक्राउ गरिएको महाशाखाले जनाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।