काठमाडौं– ६३ किलो गाँजासहित मकवानपुर प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–६ का २८ वर्षीय रामजी साह तेली र बाराकै अदर्स कोतवाल गाउँपालिका–२ का ३० वर्षीय प्रेम पटेल छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले मनहरीबाट हटौडातर्फ जाँदै गरेको बा ३ च ५९९७ नम्बरको गाडी जाँच गर्दा उक्त गाँजा र मानिस पक्राउ गरिएको हो। साथै उक्त गाडीबाट प्रहरीले ३ सय ग्राम अफिम पनि बरामद गरेको छ।
पक्राउ परेका तेली गाडी चालक हुन् भने कोतवाल पनि उक्त गाडीमै सवार थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।