काठमाडौं– बंगलादेशी नागरिक मोहिद्दिन अहमदको सोल्टीमोडस्थित एक होटलमा हत्या भएको छ।
हत्या भएको एक हप्तापछि प्रहरीले उनकै साथी दुला मियाँलाई पक्राउ गरेको छ। मियाँलाई झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गर्दा सिरहाको लाहानबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।
बुधबार राति पक्राउ गरिएका मियाँलाई काठमाडौं ल्याउँदै गरिएको प्रवक्ता बोगटीले जानकारी दिए।
सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको कोठा नम्बर ११४ मा उनीहरु बसेका थिए। माघ ७ गते मियाँले बोतलले हानेर अहमदको हत्या गरेको प्रहरीले जनाएको छ। हत्याको कारण भने खुल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।