काठमाडौं– मानव बेचबिखनको आरोपमा वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ हुनेमा काठमाडौंको दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्ष पुष्कर खड्का, काठमाडौंकै व्रिजगोपाल श्रेष्ठ र भारत मोतिहारी घर भएका नवल ठाकुर छन्। उनीहरुलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो।
सानेपास्थित एक होटलमा अनैतिक क्रियाकलाप गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। एक महिलाले उनीहरुविरुद्ध देहव्यापारको उजुरी दिएकी थिइन्। पक्राउ परेका तीनै जनालाई मानव बेचबिखन तथा ओसारपसारको कसुरमा ९ दिन म्याद लिएर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।