काठमाडौं- मालश्री काफ्ले मेमोरीयल ट्रष्टको आयोजनमा काठमाडौंमा भागवत गीताको माध्यमबाट जीवनलाई कसरी उत्कृष्ट बनाउन सकिन्छ भन्ने कार्यक्रम सम्पन भएको छ। कार्यक्रममा राष्ट्रिय मिर्गौला उपचार केन्द्रका अध्यक्ष डा ऋषि कुमार काफ्लेले जीवन विज्ञानको महत्व र यसको माध्यमबाट आफूलाई भएको फाइदाको बारे जानकारी गराए।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै जीवन विकाश विशेषज्ञ एल पि भानु शर्माले श्रीमद्भगवद्गीताको माध्यमबाट व्यक्तिले जीवनमा कसरी उत्कृष्टता प्राप्त गर्न सक्छ भन्नेबारे सूत्रवद्ध रूपमा प्रष्ट्याए। उनले व्यक्ति आफै सबैकुरामा सबल भएता पनि आफ्नो जीवनमा कुनै निर्णायक क्षण नआएसम्म उत्कृष्टतातिर लम्कन कठिन हुने भन्दै जीवनमा उत्कृष्टताको लागि ध्यान साझा विज्ञान हो भन्ने भाव सहित श्रीमद्भगवद्गीतालाई व्याख्या गरेका थिए।
त्यसैगरी मिर्गौला रोग विशेषज्ञ डा नविन बस्नेतले जीवन विज्ञानमा सञ्चालित चक्र विज्ञान कार्यक्रमबाट लिइएको स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक गर्दै साधकहरुको स्वास्थ्यमा आएको अकल्पनीय नतिजाले स्वास्थ्यको क्षेत्रमा अध्यात्मले उच्चतम योगदान पुर्याईरहेको जानकारी दिए। कार्यक्रममा मालश्री काफ्ले मेमोरियल ट्रष्टका अध्यक्ष निलिमा काफ्लेले स्वर्गिय मालश्रीको बार्षिकीको उपलक्ष्यमा भागवत गीताको माध्यमबाट जीवनलाई उत्कृष्ठ बनाउने तरिकाका बिषयमा शर्माको प्रवचन व्यवहारिक भएकोमा बताउदै प्रबचन र योगमा सहभागी सबैलाई धन्यवाद दिइन ।
डा ऋषिकुमार काफ्ले र निलिमा काफ्ले दम्पतीले स्वर्गिया छोरी मालश्रीको सम्झनामा हरेक वर्ष चैत २० गते विभिन्न समाजिक कार्यक्रम आयोजना गर्दै आइरहेकाछन् । मालश्री मेमोरियल ट्रष्टले रामेछापका दुर्गम ग्रामिण क्षेत्रमा निशुल्क एम्बुलेन्स सेवा र स्वास्थ्य सिविर सञ्चालन गर्दै आइरहेको छ। एमविविएस अध्ययन गर्दै गर्दा मालश्रीको दुर्घटनाका परेर देहान्त भएको थियो। उनको स्मृतिमा डा काफ्ले दम्पतीले समाजिक र सेवामूलक कार्य गर्दै आइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।