काठमाडौ– सभामुख अग्निप्रसाद सापकोटाले ४ विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिसमक्ष पठाएका छन्।
सभामुख सापकोटाले प्रतिनिधिसभाबाट पारित भएर बसेका नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयक, प्रहरी समायोजन विधेयक २०७५, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विधेयक र भूमिसम्बन्धी आठौं संशोधन विधेयक प्रमाणीकरणका लागि पठाएका छन् ।
उक्त विधेयक यसअघि नै पारित भएका थिए । तर सभामुख नहुँदा प्रमाणीकरणका लागि पठाउन ढिला भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।