रौतहट- राैतहटमा प्रहरी र भारतीय तस्करबीच गोली हानाहान भएकाे छ। घटानामा एक जना घाइते भएका छन्।
प्रहरीको गोली लागेर भारत मोतिहारी जतौलिया ग्राम पन्चायत ४ का शेख चाँद अली घाइते भएको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको रौतहट प्रहरीले जनाएको छ।
इशनाथ नगरपालिका–१ बन्जरास्थित नेपाल-भारत सीमा बकैया नदीको बाँधमा भारतीय अपराधी र प्रहरीबीच मंगलबार राति गोली हानाहान भएको हाे। प्रहरीले एउटा कटुवा पेस्तोल र एक राउण्ड गोली र खोका बरामद गरेको छ।
सांकेतिक तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।