काठमाडौं- विद्युतीय बिजक जारी गर्ने अनुमतिपत्र बनाइदिने भनी सेवाग्राहीसँग घुस लिने एक कम्प्युटर अधिकृत अख्तियारको फन्दामा परेका छन्।
आन्तरिक राजस्व कार्यालय‚ भरतपुर‚ चितवनमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
टोलीले अधिकारीलाई सेवाग्राहीसँग १० हजार घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।