काठमाडाैं- नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पदभार ग्रहण गरेका छन्।
आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहबीच पद तथा गोपनीयताको सपथ लिएपछि सिंहदरबारस्थित कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सापकाेटाले पद तथा गोपनीयताको सपथ लिएका हुन्। बिहान ११ बजे आयाेजित सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए।
सभामुखमा निर्वाचित भएको भोलिपल्टै सापकोटाले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।