काठमाडाैं- प्रहरीले गएराति कैलालीकाे धनगढी उपमहानगरपालिका ३ बाट १६ जना जुवाडेलाई पक्राउ गरेकाे छ।
रोस हाउस रेष्टुरेन्टपछाडि रहेको तिलक अधिकारीको घरमा जुवातास खेलाई राखेको भन्ने गोप्य सचूनाका आधारमा प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेकाे हाे।
उनीहरुकाे साथबाट २२ लाख ८२ हजार रुपैयाँ बरामद भएकाे प्रहरीले जनाएकाे छ।
पक्राउ पर्नेमा कैलालीकाे गोदावरी न.पा.१० बस्ने वर्ष २८ का रबिन्द्र शाही, कन्चनपुरकाे भि.न.पा. ३ बस्ने वर्ष ३४ का धिरेन्द्र चन्द, कन्चनपुरकाे वेलौरी न.पा. १ बस्ने वर्ष ३४ का भुवन कुँवर रहेका छन्। यसैगरी पक्राउ पर्नेमा कैलालीकाे धनगढी उप महानगर पालिका ३ बस्ने वर्ष ३८ का तिलक अधिकारी, वर्ष ३४ का रमेश खड्का, वर्ष ३५ का खेम राज भट्ट, वर्ष ४१ का जनक दौल्याललाई पनि प्रहरीले पक्राउ गरेकाे छ।
कैलालीकाे गोदावरी न.पा. १० बस्ने वर्ष २८ का सन्देश तामाङ्, गोदावरी न.पा. ३ बस्ने वर्ष ३८ का मोहन खड्का, बैतडीकाे दशरथ चन्द न.पा. ८ बस्ने वर्ष ३१ का अमित गुरु, बझाङकाे जयपृथ्बी न.पा.१० बस्ने वर्ष ३५ का प्रेमबहादुर सिंह, बैतडीकाे दशरथ चन्द न.पा. ४ बस्ने वर्ष ३० का सुर्य भट्ट, पुर्चौडी न.पा.८ बस्ने वर्ष ५० का कालु सिंह धामी, कैलालीकाे धनगढी उपमहानगरपालिका ३ बस्ने वर्ष ३७ का चन्द्रमणि अधिकारी, दार्चुलाकाे नौगाड गा.पा. ४ बस्ने वर्ष ३३ का जय सिंह धामी र महाकाली न.पा. ४ बस्ने वर्ष ३८ का मंगल ठगुन्नालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।