• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २७, २०८२ Fri, Jul 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ
घर बन्धकी राखेर ढुंगाको कारोबार, १८ लाखको लोभमा गुम्यो ८२ लाख बच्चुराम भन्छन्- करोडपति म सडकमा आएँ  
64x64
नेपाल लाइभ आइतबार, माघ १२, २०७६  १८:२४
1140x725

काठमाडौं- स्वयम्भू भगवानपाउका ६३ वर्षीय बच्चुराम गुरुङ पेसाले जग्गा व्यापारी हुन्। आर्मीको सुवेदारबाट अवकाश पाएका उनी जग्गा दलालीमा संलग्न थिए। 

गत असारको अन्तिम साता स्वयम्भूकै एक चिया पसलमा चियाँ पिउँदै थिए उनी। वेदबहादुर भन्ने भीमबहादुर घर्तीमगर र दावा छिरिङ पनि त्यही चिया पसलमा आइपुगे।

‘फोनमा म जग्गा कारोबारको विषयमा कुरा गर्दै थिए,’ बच्चुरामले नेपाल लाइभसँग भने, ‘उनीहरूले मेरो कुरा सुनिरहेका रहेछन्। चियाँ पिउदापिउँदै उनीहरूले मसँग गफ सुरु गरे।’

त्यही दिनको कुराकानीबाट बच्चुराम र ती दुईको दोस्ती भयो। एउटाले प्रस्ताव राखे, ‘मसँग बल्ने एउटा ढुंगा छ। हजुरबाको पालाका हो। करोड पाए बेच्ने थिएँ,’ पहिलो भेटमै भीमबहादुरले बच्चुरामलाई ‘जादुमय’ ढुंगाको बेलिविस्तार लगाए।

उनीहरूले फोन नम्बर साटासाट गरे। बच्चुराम र भीमबहादुरबीच बेलाबखत फोनमा त्यो जादुमयी ढुंगाबारे कुरा भइरहन्थ्यो।

भीमबहादुर ‘बल्ने ढुंगा किन्ने मान्छे चाहिएको छ। बच्चुरामले किन्न सक्छन्। उसलाई फका,’ भन्दै आफ्ना समूह अन्य साथीहरूलाई भन्ने गर्थे। समूहका अन्यले बच्चुरामलाई फोन गर्दै 'त्यो ढुंगा महंगोमा बिक्री हुन्छ। मिलाएर दिन्छ। किन्दा हुन्छ' भनेर हौस्याउन थाले।

‘तर मैले सहजै पत्याइनँ। उनीहरूले ढुंगा नै देखाइदिन्छौं भनेँ,’ बच्चुराम सम्झन्छन्, ‘त्यसपछि फेरि त्यही चिया पसलमा भेट्ने कुरा भयो।’

भिडियो

Ncell 2
Ncell 2

दोस्रो भेटमा भीमबहादुर र दावाले बच्चुरामलाई बल्ने ढुंगा देखाए। एउटा बट्टाभित्र बाहिर सेता कपडाले बेरेर राखिएको थियो ढुंगा। सेतो टल्किएको उक्त वस्तुको भडियोसमेत बनाएपछि बच्चुराम विश्वासमा परे। 

‘आँखै अगाडि बालेर देखाए। त्यसपछि अलि विश्वास लाग्यो। त्यसपछि साथीहरूलाई समेत मैले देखाएँ। उनीहरूले यो त महंगोमा बिक्री हुने ढुंगा हो भनेपछि विश्वास लाग्यो,’ बच्चुराम भन्छन्।

एक करोड भनिएको त्यो ढुंगा ८२ लाखमा कारोबार गर्ने सहमति भयो। ८२ लाख आफूसँग नभएपछि उनले किस्ता किस्तामा रकम दिने सहमति भयो। सोही सहमति अनुसार बच्चुरामले सुरुमा १९ लाख रुपैयाँ दिए। पैसा दिँदा उनले तमसुक पनि बनाउँथे। 

त्यसको केही महिनापछि फेरि बच्चुरामले दावालाई १३ लाख रुपैयाँ दिए। दुई पटक गरेर ३२ लाख रुपैयाँ दिएको तमसुक प्रहरीले फेला पारेको छ। ढुंगा किन्न ५० लाख दिन बाँकी थियो बच्चुरामले। उनीसँग पैसा थिएन। उनले घरै बन्धकी राखरे पैसा निकाले र उनीहरूलाई दिए।

‘ढुंगा किन्नकै लागि उनले ९५ लाख रुपैयाँ लिएको कागज गरेर ५१ लाख रुपैयाँ लिएको पाइयो,’ महानगरीय प्रहरी अपराध महाशाखाको चोरी तथा डाँका पिलरका प्रहरी निरीक्षक किरण न्यौपानले भने।

घर बन्धकी राखेपछि विभिन्न ५ जनाका नाममा गण्डकी विकास बैंकको चेक काटिदिएपछि बच्चुरामले ५१ लाखको चेक साटे।

५० लाख बोकेर बेम्बो कटेज 
काठमाडौंको तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली शान्तिधाम मन्दिर नजिक बेम्बो कटेज छ। सोही कटेजमा गत बिहीबार ढुंगा कारोबार टुंग्याउने सहमति भयो। समय थियो बिहान १० बजे। घर बन्धकी राखेर निकालिएको पैसा जेब्रा झोलामा बच्चुरामले हाले।

पैसा लेनदेन गरेको कागजात पनि गर्नु त पर्‍यो। त्यसपछि उनले लेखनदास अर्जुन सिलवाललाई पनि सँगै लिएर जाने निधो गरे। ट्याक्सी भाडामा लिएर उनी लेखनदास अर्जुनलाई पनि साथमै लिएर गए।

पहिल्यै चिनेका दाङ परुन्धारा गाउँपालिका-९ खेप्ताङका ३८ वर्षीय भीमबहादुर, रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोलजुङका ३८ वर्षीय दावा छिरिङ तामाङबाहेक अन्य ४ जना पनि त्यहाँ थिए। तर बच्चुरामले उनीहरूलाई भने चिनेका थिएनन्।

कारोबार गर्ने तयारी भइरहेको थियो। ‘ढुंगा पहिला आफ्नो हातमा नपरेसम्म बच्चुरामले हस्ताक्षर नगर्ने निधो गरे। त्यति नै बेला अन्य ४ जनाले झोलाबाट खुकुरी र रड निकाले। दाँयाबायाँ गरे मार्ने धम्की दिए। पैसा भएको जेब्रा झोला खोसेर फरार भएको देखिन्छ,’ महाशाखाका एसएसपी सहकुल थापाले सुनाए, ‘लुटेराहरूले आँखामा खुर्सानीको धुलो पनि छर्केका थिए।’

१८ लाख कमाउने लोभमा गुम्यो ८२ लाख
आफूसँग रकम नभएपछि घर नै बन्धकी राखेर ८२ लाखमा अलौकिक ढुंगा किन्न खोज्ने बच्चुराम १८ लाख नाफाको सपनामा फसेको पाइएको छ। उनले ८२ लाखमा उक्त ढुंगा किनेर १ करोडमा बेच्ने योजना बनाएको पाइएको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

‘बच्चुरामले १ करोडमा उक्त ढुंगा किन्ने मान्छे समेत खोजिसकेका रहेछन्,’ प्रहरी स्रोतले भन्यो, ‘१८ लाख फाइदा गर्ने लोभमा उनी आफैं लुटिएको देखिन्छ।’

८२ लाख रुपैयाँ फसेपछि उनले नेपाल लाइभसँग भने, ‘९५ लाखको कागज गरेर ५१ लाख मात्रै लिए। यसअघि पनि ढुंगा किन्ने भन्दै ३२ लाख दिइसकेको थियौं। घर नै मेरो ३/४ करोडको छ। अब घर न घाटको भइयो। ढुंगाको लोभले सडकमा ल्यायो।’

तेन्जिङबाट खुल्यो रहस्य
५० लाख रुपैयाँ लुटिएपछि बच्चुरामले महानगरीय प्रहरी वृत्त बालाजुमा खबर गरे। लगत्तै महानगरीय प्रहरी अपराध महाशाखामा पनि उक्त घटनाबारे रिर्पोटिङ भयो। 

ठूलो रकम लुटपाट भएको जानकारी आएपछि महशाखाको चोरी तथा डाँका पिलर घटनामा संलग्नहरूको फाइल पल्टायो। ‘पीडित भनिएका बच्चुरामलाई हामीले डाँका र चोरीमा संलग्नहरूको फोटा देखाउँदै गयौं,’ प्रहरी निरीक्षक न्यौपाने भन्छन्, ‘तेन्जिङको फोटो देखाएपछि उनले यही व्यक्ति हो भने।’

भिडियो

लुटपाटमा रसुवाको उत्तरगया गाउँपालिका-२ खड्कुका ३६ वर्षीय तेन्जिङको पहिचान हुन र बच्चुरामसँग पटकपटक सम्पर्क गरेको फोनको विवरणबाट प्रहरी लुटेराको नजिक पुगेको थियो।

यसअघि पनि ठगी आरोपमा पक्राउ परेका तेन्जिङलाई प्रहरीले शुक्रबार बालाजु बिजी मल नजिकको एक होटलबाट नियन्त्रणमा लियो। उनीमार्फत् नै प्रहरी अन्य लुटेरासम्म पुगेको थियो। प्रहरीले पक्राउ परेका तेन्जिङमार्फत् अन्य लुटेरालाई फोन गर्न लगाउँदै पक्राउ गरेको हो। घटना भएको ४८ घण्टा नबिल्दै लुटपाटमा संलग्न तेन्जिङसँगै भीमबहादुर, दावा, नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६, कटुन्जेका ३० वर्षीय नकुर तामाङ, रामेछापको मन्थली नगरपालिका–९, पुरानागाउँका ३६ वर्षीय कुमारबहादुर खत्री र रसुवाको उत्तरगया गाउँपालिका–२, खड्कुका २८ वर्षीय सञ्जित वाइवा पक्राउ परे।

यसअघि पनि दुई पटक बच्चुराममार्फत ३२ लाख रुपैयाँ लिइसकेका लुटेराहरूले यो पटक पनि बच्चुरामले प्रहरीलाई खबर नगर्नेमा आशावादी थिए। त्यही भएर उनीहरू कतै नभागी काठमाडौं बसेको हुन सक्ने प्रहरीले जनाएको छ। उनीहरू सबैलाई प्रहरीले काठमाडौंबाटै पक्राउ गरेको हो।

लुटेको पैसाले नगरकोटमा युवतीसँग मस्ती
लुटिएको रकममध्ये प्रहरीले १८ लाख ७५ हजार नगद बरामद गरेको छ। बाँकी रकम भने उनीहरूले विभिन्न ठाउँमा लगानी गरेको र खर्च भएको पाइएको छ। लुटपाटमा प्रयोग भएका ३ थान मोटरसाइकल र लुटपाटपछि किनेको १ थान मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ। त्यस्तै लुटपाटमा प्रयोग भएको खुकुरी, रड, पनि बरामद भएको महाशाखाका प्रवक्ता मुकेश कुमार सिंहले जानकारी दिए। 

बच्चुरामको साथबाट ५० लाख रुपैयाँ लुटेपछि उनीहरू ६ जनाले नै रकम बाँडफाँट गरेका थिए। जसमा सञ्जित वाइवाले पाएको ५ लाख रुपैयाँमध्ये २ लाख २१ हजार रुपैयाँ सानिमा विकास बैंकमा जम्मा गरेको अनुसन्धानमा देखियो। अन्य रकममध्ये उनले ७७ हजारमा सुनको औंठी, १९ हजारमा मोबाइल किनेका थिए भने १ लाख रुपैयाँ आफ्नो दिदीलाई दिएको पाइएको छ।

भीमबहादुरले भने लुटपाट गरेर पाएको ७ लाख रुपैयाँमध्ये ३ लाख ३० हजारमा २२० सिसीको नयाँ मोटरसाइकल किनेका थिए। उनै भीमबहादुर लुटपाट गरिसँगेपछि युवती लिएर नगरकोट गएको खुलेको छ। उनले युवतीसँगै त्यहा एक रात बिताएका थिए। 

उता दावा छिरिङले पाएको ५ लाखमध्ये १ लाख ५० हजार रुपैयाँ ऋण तिरेका थिए। कुमारको भागमा परेको ४ लाख ५० हजार मध्ये ७५ हजार घर भाडा तिरेका थिए भने १ लाख २५ हजार ठेकेदारको ऋण तिरेको बताएका छन्। नकुरले पाएको ५ लाखमध्ये ३ लाख फाइनान्सको किस्ता तिरेका थिए।

पक्राउ परेका सुन भरियादेखि पटके लुटेरासम्म
पक्राउ परेकामध्ये सञ्जित वाइवा सुन बोक्ने भरिया हुन्। गत वर्षको पुस १९ गते उनै वाइवाका साथबाट प्रहरीले धादिङको गजुरीबाट ४ किलो सुन बरामद गरेको थियो। जाँचका क्रममा उक्त सुन पछि फलाम भएको पाइएको थियो। 

सोही मुद्दामा उनी अहिले पनि तारिख खेपिरहेका छन्। त्यस्तै पक्राउ परेका छिरिङ पटके ठगीमा पक्राउ परेका व्यक्ति हुन् भने अन्य व्यक्तिहरू पनि यसअघि पक्राउ परेर छुटेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  १८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णालीमा बजेट खर्च ६५ प्रतिशत मात्र, ११ अर्ब फ्रिज
काठमाडौं महानगरको बजेट आइतबार आउने
सुनिल पौडेलविरुद्ध पौने १६ करोड रुपैयाँ भ्रष्टाचारको अर्को मुद्दा दायर
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कर्णालीमा बजेट खर्च ६५ प्रतिशत मात्र, ११ अर्ब फ्रिज शुक्रबार, असार २७, २०८२
काठमाडौं महानगरको बजेट आइतबार आउने शुक्रबार, असार २७, २०८२
सुनिल पौडेलविरुद्ध पौने १६ करोड रुपैयाँ भ्रष्टाचारको अर्को मुद्दा दायर शुक्रबार, असार २७, २०८२
अब लघुवित्त वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने शुक्रबार, असार २७, २०८२
काठमाडौं महानगरमा २५ अर्ब बजेटको सीमा निर्धारण शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
आफू निकटका नेताहरु कारबाहीमा परेपछि नेता कोइराला समूहको बैठक जारी बिहीबार, असार २६, २०८२
नेताहरुमाथि प्रतिशोधपूर्ण कारबाही भयो, हामी प्रतिवाद गर्छौ: शेखर कोइराला बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्