काठमाडौं- रिक्त रहेको प्रतिनिधिसभा सभामुख छान्न संसद् बैठक सुरु भएको छ।
आइतबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सभामुख छान्न बैठक सुरु भएको छ।
सभामुखका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता सापकाेटाकाे मात्रै उम्मेदवारी परेकाे छ।
प्रतिनिधिसभा सभामुख चयनका लागि औपचारिक प्रक्रिया सुरु भएसँगै संसद् सचिवालयले जारी गरेको कार्यतालिका अनुसार सोमबार नेकपाकाे तर्फबाट सापकोटाले मात्र सभामुखका लागि उम्मेदवारी दिएका थिए।
सभामुखमा उनी एक्ला उम्मेदवार भएकाले उनी चयन हुने निश्चित छ।
गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुखबिहीन छ।
लाइभ हेर्नुहोस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।