काठमाडौं- गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दिपक मनाङेलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेको आरोपमा बिहीबार मनाङे पक्राउ परेका थिए।
उनीविरुद्ध प्रहरी कार्यालयमा बुधबार कुटपिटको उजुरी दर्ता भएको थियो।
जिल्ला अदालतले थप अनुसन्धानका लागि मनाङेलाई थुनामा राख्न दुई दिनको अनुमति दिएको हो।
यो पनि
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।