• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भारतीय कम्पनीको काम भन्दै १३ वर्षीया बालिकालाई पुर्‍याइयो वेश्यालय

मदिराको नसामा 'पोर्न भिडियो' देखाउँदै शोषण
64x64
नेपाल लाइभ शुक्रबार, माघ १०, २०७६  १५:५४
1140x725

काठमाडौं- उनको उमेर भर्खर १३ वर्षमात्रै पुगेको थियो।

प्रतिमा राई (नाम परिवर्तन) काठमाडौंस्थित एक विद्यालयको कक्षा ९ मा अध्ययनरत थिइन्। सौतेनी आमाको टोकसो र कचकचमा हुर्किएकी प्रतिमामाथि तनावको थुप्रो थियो। 

धेरै पढ्ने, ठूलो मान्छे बन्ने रहर त थियो तर त्यसलाई पूरा गर्न सक्ने वातावरण नै थिएन। सधैं कचकच हुँदा उनको पढाइ पनि खस्कँदै गएको थियो।

प्रतिमालाई पढाइ छाडेर कतै काम गर्न पाए आफ्नो लागि आफैँ खर्च जुट्थ्यो भन्ने लागेको थियो। उनले धेरै ठाउँमा काम बुझिन्। उनी सानै थिइन् काम कसैले पत्याएको थिएन। 

कामको खोजीमा रहेकी प्रतिमालाई गाउँकी भाउजु पर्ने एक महिलाले भारतमा खुब राम्रो काम भएको सुनाइन्।

कामः सजिलो
कम्पनीः होण्डा 
तलबः मासिक २० हजार
स्थानः भारत

महिनामा २० हजार कमाइ हुने सुन्नेबित्तिकै पढाइ, परिवार, सौतेनी आमाको कचकच सबैसँग टाढा रहन खोजिरहेकी नाबालक प्रतिमाको मन लोभियो। ‘महिनामा २० हजार कमाइ हुन्छ भने त म भारत जान्छु। अहिले कमाउँछु बरु पछि पढ्छु’ प्रतिमाले सोचिन्।
कुरा २०७३ साल कात्तिकको हो। ‘सञ्जु भन्ने मेरी नजिककी साथी छ, उसैले काममा पुर्यााउन सहयोग गर्छिन्,’ भाउजुले प्रतिमालाई भनिन्। 

कात्तिक महिनामै उनकी भाउजुले उनलाई सञ्जु लामा नाम गरेकी अर्की महिलासँग भेट गराउँछिन्। काठमाडौंबाट सञ्जु लामाले प्रतिमालाई धनुषाको ढल्केबर पुर्‍याउँछिन्। त्यसपछि सञ्जुले प्रतिमालाई भारत पुर्‍याउँने जिम्मा उनकी साथी सीता लामा भन्ने सिम्रन तामाङलाई दिन्छिन्। प्रतिमा सिम्रनको साथ भारत जाने भइन्।

nimb
nimb

सिम्रनले प्रतिमालाई विरगञ्ज रक्सौल हुँदै रेलबाट दिल्लीको रानीबागस्थित जोत्स्ना भन्ने जुनाकुमारी खड्का भएको ठाउँमा लगेर जिम्मा लगाइन्। प्रतिमाले घर सफा गर्ने, भाडा माझ्ने सामान्य काम गर्नु पथ्र्यो। 

काठमाडौंमा उनकी भाउजुले भनेको होण्डा कम्पनीको काम केही समयपछि पाइने भनेर जुनाकुमारीले प्रतिमालाई भुलाइरहिन्। दिनहरु बित्दै गए, तर प्रतिमाले होण्डा कम्पनीमा काम गरेर महिनाको २० हजार तलब थाप्ने दिन कहिल्यै आएन। 
बरु उनलाई त्यहीँ सरसफाइको कामसँगै यौन उत्तेजित हुने क्रियाकलापमा संलग्न गराइयो।

‘मलाई सुरुसुरुमा घर सरसफाइ गर्न लगाइयो। त्यसपछि मलाई पोर्न (अश्लील) भिडियो हेर्न लगाइयो’ मलाई शंका लागेर घर फर्किन्छु भन्दा तलाईँ १५ हजार भारुमा किनेको हो। त्यो रकम नतिरेसम्म जान मिल्दैन भनेर जर्बजस्ती राखियो,’ प्रतिमाले अनुसन्धानका क्रममा प्रहरीसमक्ष भनेकी छन्।

प्रतिमालाई परिवारको कोहीसँग सम्पर्क गर्न दिइएन। उनलाई बुझाउने १५ हजार भारु कहाँबाट ल्याउनु प्रतिमाले? अब जुनाकुमारीले जे भन्छिन् सोअनुसार चल्नुको विकल्प थिएन  उनीसँग।

जुनाकुमारीले प्रतिमालाई मदिरा सेवनका लागि जबर्जस्ती गर्न थालिन्। मदिराको मात्रा हरेक दिन बढाउँदै लगियो। मदिराले लट्ठ भएकी प्रतिमालाई विभिन्न अश्लील भिडियोहरु देखाइ यौनजन्य कार्यमा संलग्न हुन उत्प्रेरित गराउन थालियो। घर सरसफाइ गर्ने र अश्लील भिडियो हेर्ने प्रतिमाको दैनिकी बन्यो। 

जुनाकुमारीले एकदिन प्रतिमालाई ब्युटिपार्लर पुर्यालइन्। सिंगारपटार गरेर सुन्दर भएकी प्रतिमालाई कोठामा ल्याएर सबै कपडा खोलिदिइन्। उनको शरीरमा भित्रि वस्त्रमात्र थिए। सोही हुलियामा जुनाले फोटो खिचिदिइन् र कतै पठाइन्।

केही समयपछि जुनाले प्रतिमालाई टेम्पोमा राखेर एक होटलमा पुर्याकइन्। होटलको बन्द कोठामा उनलाई छाडेर जुना कता गइन् कता?

कोठामा एक भारतीय थिए। लगभग आफ्नै बाबुजत्तिकै उमेरका। उनले ढोकाको चुकुल लगाएर यौन प्यास मेटे।

प्रतिमा चिच्याइन्। बन्द कोठामा उनको चित्कार कस्ले सुन्ने? उनको चित्कारको कुनै अर्थ रहेन।

प्रतिमाको जीवनमा यस्ता घटना दोहोरिरहे। हरेक दिन उनी भारतीय र नेपाली युवाहरुको यौन प्यासको सिकार बनिरहिन्।

जुनाकुमारीले उनलाई प्रायजसो ब्युटिपार्लर पुर्या उँथिन्। ब्युटिपार्लरबाट कोठा, होटल, वेश्यालय र जता ग्राहक छन् उतै लग्थिन्। जुनाकुमारीले आफैँ वा अन्य कुनै विश्वासिलो मानिसहरुसँग ट्याक्सी वा टेम्पोमा राखेर भारतका विभिन्न होटलहरुमा पुर्‍याउँथिन्।।

उनीसँग यौन प्यास मेटाउनेमा नेपाली युवा पनि थिए। प्रतिमाले दिएको बयानअनुसार नेपालका रंगमञ्चमा चर्चित भनेर नाम लिने युवाहरु पनि उनीसँग यौन प्यास मेटाउने गर्थे। जुनाकुमारीले नेपालसम्म पनि ग्राहकसँग यौनसम्पर्कका लागि पुर्या उने गरेको बयानमा उल्लेख छ।

दिनमा ३ देखि ५ जना पुरुषसँग यौन सम्पर्क गर्नु पथ्र्यो। प्रतिमाले एक जनासँग यौनसम्पर्क गरेबापत जुनाले ग्राहकबाट ५० हजार रुपैयाँ लिने गरेको उल्लेख छ।

‘भारतीय ग्राहकसँग हिन्दीमा बोल्नु पथ्र्यो, मलाई राम्रोसँग भाषा आउँदैन थियो। त्यसैले मलाई एक भाषा प्रशिक्षण केन्द्रमा लैजान थालियो,’ प्रतिमाले बयानमा भनेकी छन्। भाषा प्रशिक्षण केन्द्रमा पुर्या्उन र लिन जुनाकुमारी आफैँ पुग्थिन्। जुनाकुमारी सँगै हुँदा प्रतिमाले त्यो दर्दनाक जीवनबाट छुटकारा पाउने कुनै बाटो पाइनन्। जुनाकुमारीले जता पुर्यौउँछिन् जे भन्छिन्, प्रतिमाले मानी रहिन्।

प्रतिमाले अध्ययन गर्ने केन्द्रमा भारतीय साथीहरु पनि थिए। तर, उनीहरुलाई के थाहा प्रतिमाको अँध्यारो कोठाभित्रको दर्दनाक व्यथा। प्रतिमाले पनि साथीहरुलाई आफ्नो वास्तविकता सुनाउने हिम्मत गर्न सकेकै थिइनन्।

गत मंसिरमा हजुरआमाको मृत्यु भएको भन्दै प्रतिमालाई साथीहरुको जिम्मामा छाडेर जुनाकुमारी नेपाल फर्किइन्। जुनाकुमारी नेपाल आएपछि कोठा र भाषा अध्ययन गर्ने ठाउँसम्म प्रतिमा एक्लै हिँड्न पाइन्। जुनाकुमारी नभएको मौकामा प्रतिमासँग थोरै हिम्मत पनि थपियो। उनी एकदिन इन्स्टिच्युटबाट कोठा नगएर सिधै साथीकोमा गइन्।

‘मलाई बन्धक बनाएर राखिएको छ, त्यहाँबाट कतै जान पाउँदिन, क्लास सकिएपछि फेरि ग्राहकहरुसँग यौन सम्पर्क राख्न जानु पर्छ,’ उनले साथीलाई आफ्नो वास्तविकता सुनाइन् र रोइन्। ‘चिन्ता नगर यस्तो समस्या छ भने तिमी फेरि त्यहाँ नजाउ म तिम्रो ममि(बाबालाई खबर गरिदिन्छु,’ उनको पीडामा साथीले ढाडस् दिइन्।

प्रतिमा त्यो दिन साथीकोमा नै बसिन्। फेसबुकमार्फत् आफ्ना बुबालाई सम्पर्क गरिन्। भारतमा आफूले भोगेको दर्दनाक अवस्था बुबालाई सुनाइन्।

छोरी भारतमा बेचिएको थाहा पाएपछि बुबाले मानव बेचबिखन अनुसन्धान ब्यूरोमा खबर गरे। ‘प्रतिमाका बुबाले हामीलाई खबर गर्नु भयो। भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी र सामाजिक संघसंस्थाको सहयोगमा हामीले प्रतिमालाई उद्धार गर्‍याैं, केही समय पुनर्स्थापना केन्द्रमा राखेर परिवारको जिम्मा लगाएका छौँ,’ ब्यूरोका डिएसपी नरहरि रेग्मीले नेपाल लाइभसँग भने।

प्रतिमालाई प्रहरीले गत मंसिर ९ गते नेपाल फर्काइएको हो। सोही दिन ब्यूरोबाट खटिएको टोलीले धनुषा ढल्केबरबाट धनुषा बेंगाडार ६ घर भई हाल दिल्लीमा वेश्यालय सञ्चालन गरी नेपाली युवतीहरु ओसापसार तथा बेचबिखन गर्दै आएकी जोस्ना भन्ने जुनाकुमारी खड्का, पर्सा विरगञ्ज १० घर भई हाल धनुषा जिल्ला बेंगगाडाबर ६ बस्ने सीता लामा भन्ने सिम्रन तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

सिम्रन तामाङ नेपालबाट युवतीहरु भारतको दिल्लीसम्म ओसार्ने काममा संलग्न रहेको प्रहरीले जनाएको छ। 

मानब बेचबिखन तथा ओसारपसारमा संलग्न उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको र सोहीऐनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ। पछिल्लो समय युवतीहरुलाई रोजगारीको प्रलोभन देखाएर छिमेकी मुलुक भारत, चीनसँगै खाडी तथा अप्रिकी मुलकहरुमा पुर्योइ बेचबिखन गर्ने गरेका घटना बढ्दै गएको प्रहरीले जनाएको छ।

समाचारमा प्रयोग गरिएको तस्बिर सांकेतिक हो

प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १५:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्