काठमाडौं- सडकमा ट्राफिक नियम उल्लंघन गरे अधिकतम १५ सय रुपैयाँ जरिवाना लाग्ने गरेको छ। तर काठमाडौंका कतिपय चोकमा एउटा बोर्ड देखिन्छ। जसमा लेखिएको हुन्छ - ‘ट्राफिक नियम उल्लंघन गरे १० हजारसम्म जरिवाना।’
कतिपय स्थानमा भने लेन क्रस गरेमा १५ सय रुपैयाँ जरिवाना लाग्ने स्पष्ट लेखिएको छ। ट्राफिक नियम उल्लंघन गरे १० हजार जरिवाना लाग्ने नियम नै नभएको भने होइन। त्यो धेरैजसो कारबाहीमा पर्ने लेन क्रस र मापसेजस्तो गल्तीको जरिवाना भने होइन।
ट्राफिक प्रहरीले राखेको ट्राफिक नियम उल्लंघन गरे १० हजार रुपैयाँ जरिवाना सीमित गल्तीमा मात्र हुन्छ।
सवारीसाधन ब्लुबुकमा लेखिएभन्दा फकर रङ र अनावश्यक स्टिकर लगाए वा ‘मोडिफाइ’ गरेमा उक्त कारबाही हुन्छ। त्यो कारबाही ट्राफिक प्रहरीको सिफारिसमा यातायात कार्यालयले गर्ने गरेको छ।
ट्राफिक प्रहरीले नियम उल्लंघन गर्नेलाई अधिकतम १५ सय रुपैयाँसम्म जरिवाना गर्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।
.JPG)
‘ट्राफिक प्रहरीले गर्ने जरीवाना १५ सयसम्म भए पनि मोडिफाइलगायत कानुन उल्लंघन गर्नेलाई प्रहरीको सिफारिसमा १० हजारसम्म जरिवाना गर्ने कानूनी व्यवस्था छ,’ श्रेष्ठले भने, ‘दुर्घटना कम गर्ने र अनुशासन कायम गर्न कानुनमै भए अनुसारको सचेतनाका लागि सूचना टाँस गरेका हौं।’
.JPG)
अहिले विशेष गरेर तीन किसिमको नियम उल्लघंन गर्नेलाई १० हजार रुपैयाँ कारवाही गरिँदै आएको देखिन्छ। कुनै पनि सवारीसाधनलाई उत्पादनको स्वरुपबाट अर्के देखिने गरि मोडिफाइ गरेको पाइए, एउटा प्रयोजनको लागि भनेर दर्ता भएको सवारीसाधन अन्य प्रयोजनामा प्रयोग गरेको पाइए वा आफूखुसी नम्बर प्लेट प्रयोग गरेको पाइए त्यस्ता सवारीसाधनलाई १० हजार रुपैयाँ जरिवाना गर्ने गरेको महाशाखाले जनाएको छ।
.JPG)
बागमती प्रदेश सरकारले बनाएको ऐनमा साविक सवारी तथा यातायात व्यवस्था ऐन अनुसार १० हजार जरिवाना लाग्ने नियम उल्लंघनमा १५ हजार लाग्ने व्यवस्था गरेको छ। प्रदेश ऐन कार्यान्वयनमा आइसकेकाले अब ट्राफिक प्रहरीले त्यहीअनुसार नयाँ सूचनासहितको बोर्ड शहरका मुख्य चोकमा राख्ने योजना बनाएको श्रेष्ठले जानकारी दिए।
.JPG)
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।