काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बिना निष्कर्ष सकिएको छ।
सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठक कुनै निर्णय बिना नै सम्पन्न भएको हो।
करिब तीन घन्टा चलेको बैठक साँझ साढे ७ बजे शुक्रबार पुनः बस्ने गरी सम्पन्न भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
'पार्टी आन्तरिक विवादका सबै बिषय सौहार्दपूर्ण छलफल भएको छ,' प्रवक्ता शर्माले नेपाल लाइभसँग भने, 'शुक्रबार पुनः बस्ने बैठक निष्कर्षमा पुग्नेछl'
उनका अनुसार शुक्रबार बिहान ९ बजे पुनः बैठक बस्नेछ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी थिए। यसैगरी, उपसभापति विमलेन्द्र निधि, नेताहरू प्रकाशमान सिंह र पूर्ण ब खड्कालगायत समेत बैठकमा सहभागी थिए।
पुस ११ गते कांग्रेसले १४औं महाधिवेशन केन्द्रित केही धारा निलम्बन गरेपछि कांग्रेस आपसी विवादमा रुमलिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।