काठमाडौं- नेपाल भलिबल संघको आयोजनामा पाँचौं आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० को पुरुषतर्फ सेनाको टिएसी र सशस्त्रको एपिएफ क्लबबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने भएको छ।
यस्तै अर्को सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र हेल्प नेपाल स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।
बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा टिएसीले मणिमुकुन्द भलिबल क्लबलाई २५–१९, २५–१८, २५–१७ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।
यस्तै अर्को विभागीय टोली एपिएफले बुद्धटोल युवा भलिबल क्लबलाई २५–१८, २५–१७, २५–११ ले पराजित गर्दै टिएसी संगको भेट पक्का गरेको हो।
यस्तै नेपाल पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लबलाई २५–११, २५–९, २५–१२ ले हरायो। अव सेमिफाइनलमा पुलिसको भेट हेल्प नेपाल स्पोर्टस् क्लबसँग हुने भएको छ। हेल्प नेपालले बुलबुले रारा क्लबलाई २५–१६, २५–२०, २५–१९ ले पन्छायो।
प्रतियोगिताको सेमिफाइनल बिहीबार हुने भएको छ। पहिलो खेल पुरुष तर्फ सेनाको टिएसी र एपिएफ बिहान ९ः३० बजे तथा दोश्रो खेल नेपाल पुलिस क्लब र हेल्प नेपालबीच ११ः३० बजे हुने छ।
यस्तै महिलातर्फको पहिलो खेल एपिएफ र नेपाल पुलिसकाबीच १ बजे र दोश्रो खेल होङ्गवान्जी न्यू डायमन्ड स्पोर्टस् क्लब र सेनाको टिएसी विच ३ बजे हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।