काठमाडौं– भन्सार छलेर काठमाडौं ल्याउँदै गरेका १ करोड ५० लाख मूल्य बराबरको मोबाइल प्रहरीले बरामद गरेको छ।
भैरहवाबाट काठमाडौं आउँदै गरेको डिएल २ सिएटी ७०१७ नम्बरको भारतीय कारबाट प्रहरीले विभिन्न ब्रान्डका मोबाइल बरामद गरेको हो।
महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले जाँचको क्रममा नागढुंगाबाट उक्त मोबाइल बरामद गरेको हो।
बरामद विभिन्न १८ ब्रान्डका ६ सय ३४ थान मोबाइलको मूल्य डेढ करोड बराबर रहेको छ।
ती मोबाइल सेट भन्सार छलेर काठमाडौं भित्र्याइएको प्रहरीले जनाएको छ।
मोबाइलसँगै प्रहरीले डोटी घर भई काठमाडौं बस्दै आएका ४० वर्षीय उमेश भट्ट र सिन्धुपाल्चोकको शिखरपुर–१ घर भएका ३५ वर्षीय इन्द्र बहादुर कटुवाललाई पक्राउ गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।