काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतले भारतीय महिला लिग फुटबल खेल्ने भएका छन्।
गएको सिजन पनि लिग खेलेका उनीहरु नयाँ सिजनका लागि मंगलबार भारत प्रस्थान गरिसकेका छन्।
गएको वर्ष सावित्रा र अनिता दुवैले सेथु फुटबल क्लबबाट खेलेका थिए। जसमा सेथु च्याम्पियन बनेको थियो। जहाँ सावित्राले १५ गोल गर्दै चर्चा बटुलेकी थिइन्। यसपटक सावित्राले क्लब परिवर्तन गरेर गोकुलममा आबद्ध भएकी छिन्।
चौथो संस्करणको भारतीय महिला लिग फुटबल आउँदो शुक्रबार बैंग्लोरमा सुरु हुँदैछ।
लिगमा भारतका १२ टिमले दुई समूहमा रहेर प्रतिस्पर्धा गर्नेछन्। समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।