काठमाडौं– धादिङको तिप्लाङ–९ घर भएका युरुङ तामाङको हत्यामा संलग्न भएका एक व्यक्ति पक्राउ परेका छन्।
तामाङको हत्यामा संलग्न कमल झ्याप्ले भनिने धादिङको रोराङ गाउँपालिका–७ का २५ वर्षीय कमल विक पक्राउ परेका हुन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार गोंगबु गणेशस्थानबाट पक्राउ गरेको हो।
झ्याप्लेले २०७१ पुस ३० गते काठमाडौं टोखास्थित दीपज्योतीमा २५ वर्षीय तामाङको टाउकामा ढुंगा प्रहार गरेर हत्या गरेका थिए। उनलाई उच्च अदालत पाटनले २०७२ असार २२ मा १० वर्ष कैदको फैसला सुनाएको थियो। फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।