काठमाडौं- सभामुखका उम्मेदवार अग्नि सापकोटाले सभामुखको ओज‚ गरिमा‚ मूल्य र मान्यतालाई अझ उच्च पार्न आफूले भगिरथ प्रयत्न गर्ने बताएका छन्।
सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएपछि उनले पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उक्त कुरा बताएका हुन्। ‘ ‘सार्वभौमसत्ता सम्पन्न जननिर्वाचित संस्थाको ओज‚ गरिमा र मूल्यमान्यतालाई अझ उच्च पार्न भगिरथ प्रयत्न गर्नेछु,’ उनले भने।
उनले नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रस्तावमा आफ्नो उम्मेदवारी दर्ता गराएका थिए। समर्थकमा सांसदहरु देव गुरुङ‚ ओनसरी घर्तीमगर र लक्ष्मणलाल कर्ण थिए। प्रतिनिधिसभाको रिक्त सभामुख पदका लागि यही माघ १२ गते निर्वाचन हुँदैछ। सापकोटा सिन्धुपाल्चोक(१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।