काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी नदिएपछि अग्नी सापकोटा एक्ला उम्मेदवार भएका छन्। राष्ट्रिय सभामा कांग्रेसका सचेतक सुरेन्द्र पाण्डेका अनुसार मंगलबार बिहान बसेको पार्टी संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको थियो।
रिक्त सभामुख पदका लागि मंगलबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेर कार्यसूची प्रकाशन गरिएको थियो।
सत्ताघटक दलसँग बहुमत रहेकाले कांग्रेसको उम्मेदवारी परेको भए पनि सापकोटाको सभामुख यात्रा निश्चित थियो। यसअगाडि कृष्णबहादुर महरा उम्मेदवार बन्दा पनि कांग्रेसले उम्मेदवारी दिएको थिएन।
सापकोटाको भने सुवास नेम्वाङ प्रस्तावक भएर उम्मेदवारी दर्ता भइसकेको छ । सभामुखमा सापकोटालाई राष्ट्रिय जनशक्ति पार्टीले समेत समर्थन गरिसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।