काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच थाती रहेका समस्या समाधान गर्ने बेला आएकाे बताएका छन्। उनले भारतीय समकक्षी नरेन्द्र मोदीसमक्ष दुई देशबीच थाती रहेका समस्या समाधन गर्ने बेला आएको बताएका हुन्।
मंगलबार भिडियो कन्फ्रेन्समार्फत् विराटनगरस्थित एकिकृत सुरक्षा जाँच चौकीको उद्घाटन गर्दै उनले यस्तो बताए। ‘सबै थाती रहेका विषयलाई संवादमार्फत् समाधान गर्ने समय आएको छ,’ ओलीले भने, ‘मेरो सरकार यी विषयमा भारतसँग काम गर्न तयार छ।’
ओलीले कुन–कुन समस्या भन्ने चाहिँ खुलाएनन्। ओलीले सम्बोधनका क्रममाम मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।