काठमाडाैं- नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मंगलबार बिहान ९ बजेका लागि बोलाइएको छ। बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने कांग्रेसले जनाएकाे छ।
बैठकमा प्रतिनिधिसभाकाे सभामुख र उपसभामुख उम्मेदवार चयन, निर्वाचनमा दलहरुसंँग सहकार्यलगायतका विषयमा छलफल हुने बताइएको छ। कांग्रेस सचेतक पुष्पा भुसालले उम्मेदवारी दिने/नदिने र उम्मेदवारलाई समर्थन जुटाउन दलहरुसँग सहकार्य गर्ने विषयमा छलफल गर्न संसदीय दल कार्यसमितिकाे बैठक बोलाइएको जानकारी दिइन्।
संसदीय दल कार्यसमितिमा ३० सांसद छन्। निर्वाचनपछि दलको कार्यसमितिको बैठक पहिलो पटक बोलाइएको हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।