काठमाडौ- संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
सोमबार सचिवालयले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।
कार्यतालिका अनुसार माघ १२ गते सभामुख पदका लागि निर्वाचन हुने भएको छ।
यसअघि माघ ७ गते सभामुख पदका लागि दलहरुले प्रस्ताव गर्नुपर्नेछ। सोही दिन अपहराह्न साढे २ बजे दर्ता क्रम अनुसार उम्मेदवारको नामवली प्रकाशन हुनेछ।
माघ १२ गते दलहरूले प्रस्ताव गरेका उम्मेदवारका विषयमा निर्वाचन हुनेछ। एक उम्मेदवारको मात्र प्रस्ताव भएमा निर्विरोध सभामुख चयन भएको मानिनेछ।
जेष्ठ सदस्यको हैसियतले राजपाका नेता महन्थ ठाकुरले प्रतिनिधिसभामा सभामुखको जिम्मेवारी सम्हाल्दै सभामुखको निर्वाचनको मिति घोषणा गरेका थिए। सोमबारको बैठक सञ्चालन गर्न ज्येष्ठ सदस्यका रूपमा महन्थ ठाकुरले राष्ट्रपतिबाट सपथ लिएका थिए।
.jpg)
सभामुखको कार्यतालिका सार्वजनिक गर्न उनले संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएपछि सचिवालय कार्यतालिका सार्वजनिक गरेको हो।गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुखबिहीन छ।
नेकपाले सभामुखमा अग्नि सापकोटालाई अघि सार्ने निर्णय गरिसकेको छ।
बाँकी दलले भने सभामुखमा उमेदवारीबारे निर्णय गरिसकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।