काठमाडौं- डा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रुपमा महन्थ ठाकुरले बैठकको अध्यक्षता गरेका छन्।
सोमबार दिउँसो ४ बजे सुरु भएको बैठकमा उनले अध्यक्षता गरेका हुन्।
यसअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ज्येष्ठ सदस्यको रूपमा सपथ लिएका थिए।
प्रतिनिधिसभामा सभामुख चयन नभएसम्म उनले बैठकको अध्यक्षता ग्रहण गर्नेछन्।
ठाकुरले प्रतिनिधिसभामा ज्येष्ठ सदस्यका रुपमा बैठक संचालन गरेको यो दोस्रो पटक हो।
यसअघि २०७४ फागुनमा पनि उनले ज्येष्ठ सदस्यकै रुपमा बैठक संचालन गरेका थिए।
सोमबारै बिहान ११ बजे बैठकमा सम्बोधन गर्दै डा तुम्बाहाङ्फेले राजीनामा दिएको घोषणा गरेकी थिइन्।
सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीले नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
माघ १२ गते सभामुख चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भइसहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।