काठमाडौं– प्रतिनिधिसभा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले औपचारिक रुपमा राजीनामा दिएकी छिन्।
सोमबार संसद्मा सम्बोधनपछि उनले सभामुखलाई सम्बोधन गर्दै राजीनामा दिएकी हुन्।
उनले नेपालको संविधानको धारा९१ को उपधारा ६ को खण्ड ख तथा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २११ को उपनियमबमोजिम प्रतिनिधिसभाको उपसभामुख पदबाट सोमबारदेखि नै लागू हुने गरी राजीनामा दिएको उल्लेख गरेक छन्।

त्यसअघि संसदमा उनले सम्बोधन गर्दै भनेकी थिइन्, ‘विभिन्न पक्षहरूबीचमा यस अन्यौललाई निकास दिन चलिरहेको छलफललाई मैले सुक्ष्म अध्ययन गरिरहेकी छु। यसैअनुसार मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।