काठमाडौ– सभामुखको निर्वाचन माघ १२ गते हुने भएको छ। सोमबार बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुखको निर्वाचन माघ १२ गते गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।
सभामुखको कार्यतालिका सार्वजनिक गर्न ४ बजे प्रतिनिधिसभाको दोस्रो बैठक बस्दैछ। सो बैठकले औपचारिक रुपमा सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने छ। आजको बैठक सञ्चालन र सभामुख निर्वाचनका लागि ज्येष्ठ सदस्यका रुपमा महन्थ ठाकुरले प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने छन् । त्यसका लागि ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा ठाकुरले शपथ लिँदैछन्। ठाकुरकै अध्यक्षतामा सभामुख चयन प्रक्रिया अघि बढ्ने छ।
गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुखविहीन छ। नेकपाले सभामुखमा अग्नि सापकोटालाई अघि सार्ने निर्णय गरिसकेको छ। अरु दलले भने सभामुखमा उमेदवारी दिनेबारे निर्णय गरिसकेका छैनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।