काठमाडौं- नेपाली कांग्रेसमा उत्पन्न विवादको अन्त्यका लागि दोश्रो तहका नेताहरू सक्रिय भएका छन्।
पुस ११ मा बहुमतको आधारमा संस्थापन पक्षले निर्णय सार्वजनिक भएसँगै बढेको विवाद समाधान गर्नका लागि तीन नेता विच सोमबार छलफल भएको छ।
केन्द्रीय कार्यालय सानेपामा उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाबीच छलफल भएको हो।
गत साता बसेको तीन नेताको बैठकको निरन्तरताको क्रममा दोश्रोपटक बैठक बसेको हो।
अनौपचारिक बैठक भनिएको तीन नेताको भेटमा विवाद समाधानका लागि बैठकलाई निरन्तरता दिने सहमति भएको छ।
१४औं महाधिवेशन पुस ११ मा तोकिएको मिति अनुसार नै हुने गरि नेताहरु सहमति नजिक पुगेको बताइएको छ।
तल्लो तहको अधिवेशन पूर्व निर्धारित कार्यतालिका भन्दा ६ महिना अघि सार्ने गरि छलफल अघि बढेको बताइएको छ।
११ पुसमा भएको केन्द्रीय समितिको निर्णयमा २०७७ मंसिरदेखि सुरु हुने गरी तल्लो तहको अधिवेशनको मिति सार्वजनिक गरिएको छ।
विधानको धाराहरू निलम्बनको निर्णय तत्कालको लागि फिर्ता गरी पछि आवश्यकता अनुसार निलम्बन गर्ने बताइएको छ।
विभागको संख्या, नेविसंघको उमेर हद, भागबन्डाको विवाद भने कायमै रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।