काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्बल र संकटा क्लबबीचको खेल बराबरी भएको छ।
सोमबार एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेल गोल रहित बराबरीमा सकिएको हो।
संकटाले ६१ प्रतिशत समय बलमा नियन्त्रण बनाए पनि गोलमा बढ्न भने सकेन। संकटाले २१ बल प्रहारमा ५ प्रहार पोस्टको दिशामा गरेको थियो भने बिग्रेड ब्वाइजले १२ सटमा ६ सट पोस्टमा दिशामा प्रहार गरेको थियो।
बराबरीसँगै संकटाको ७ खेलमा ९ अंक साथै बिग्रेड ब्वाइजको ७ खेलमा ८ अंक रहेको छ।
संकटाले २ खेलमा जित, २ खेल हार र ३ खेल बराबरी गरेको हो। बिग्रेडले २ खेलमा जित, ३ मा हार र २ बराबरी खेलेको हो।
सोमबार नै दोस्रो खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुँदैछ। जसमा शीर्षमा रहेको आर्मीले च्यासल युथ क्लबसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।