काठमाडौं- ‘ए’ डिभिजन क्लब मनाङ मस्र्याङ्दीलाई नेपाल आयल निगमले प्रायोजन गरेको छ। गएको वर्ष कीर्तिमानी आठौँ पटक लिग जितेको मनाङले एक वर्षका लागि ३५ लाख रुपैयाँ पाउने गरी आयल निगमको प्रायोजन पाएको हो।
निगम कार्यकारी निर्देशक सुरेद्र कुमार पौडेल र मनाङका अध्यक्ष छिमी उर्गेन गुरुङबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरे। जसले मनाङले अहिलेसम्मकै बढी रकमको प्रयोजन पाएको हो। त्यसका लागि मनाङले नेपाल आयल निगमको लोगो र नामअंकित जर्सी प्रयोग गर्ने छ।
मनाङलाई यसअघि सिग्नेचर रक्सीले प्रायोजन गरेकोमा एसियाली फुटबल महासंघले मादक पदार्थको लोको अंकित जर्सी प्रयोग नगर्न भनेपछि विकल्प खोज्नुपरेको हो।
मनाङलाई त्यसअघि पनि काल्सवर्ग वियरले भने प्रायोजन गरेको थियो। त्यसका साथै लक्ष्मी हुन्डाइसँग पनि झण्डै ६ वर्ष मनाङको प्रायोजन सम्झौता थियो।
औपचारिक सम्झौताअघि गएको शनिबार भएको खेलमा नै मनाङले थ्री स्टारविरुद्धको खेलमा निगमकै लोगो र नाम अंकित जर्सी प्रयोग गरिसकेको थियो।
.jpg)
सरकारी स्वामित्वमा रहेको प्रायोजन पाउने मनाङ दोस्रो क्लब हो। यसअघि नै नेपाल पुलिस क्लबलाई नेपाल टेलिकमले प्रायोजन गर्दै आइरहेको छ।
जारी लिगमा अपराजित रहेको मनाङको ७ खेलमा १३ अंक रहेको छ। ३ खेल जितेको मनाङको ४ खेल बराबरी भएको छ। मनाङसँग मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्बलको पनि बराबरी १३ अंक नै रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।