काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने/नदिने निर्वाचनको कार्यतालिका पश्चात् मात्रै निर्णय गर्ने भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई अघि सारे पनि कांग्रेसले भने अहिलेसम्म कुनै निर्णय गरेकाे छैन।
सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक भएपछि मात्रै उम्मेदवार चयन हुने/नहुने निर्णय गर्ने सचेतक पुष्पा भुसालले जानकारी गराइन्। नेपाल लाइभसँग प्रतिक्रिया दिँदै सचेतक भुसालले भनिन्, ‘कांग्रेसले उम्मेदवार बनाउने कुनै निर्णय गरेको छैन। सभामुख चयनको कार्यतालिका प्रकाशन गरेपछि कांग्रेसले निर्णय गर्छ।’
कांग्रेस सांसद मीन विश्वकर्माले संसदीय दलको बैठकमा सभामुखको उम्मेदवारी दिने विषयमा कुनै छलफल नभएको जनाउँदै हालसम्म कुनै निर्णय नभएको बताए। निवर्तमान सभामुख कृष्णबहादुर महरालाई नेकपाले उम्मेदवार बनाउँदा तत्कालिन समयमा कांग्रेसले उम्मेदवारी दिएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।