काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाङ्फेले संसद्मा सम्बोधन गरेर आजै राजीनामा दिने भएकी छन्।
आइतबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि उनले राजीनामा दिने तयारी गरेकी हुन्।
संसद सचिवालयका अनुसार आजै प्रतिनिधिसभाका दुई बैठक बस्ने छन्। पहिलो बैठक १ बजे बस्ने छ भने दास्रो बैठक दिउँसो ४ बजेलाई बोलाइएको छ।
स्रोतका अनुसार पहिलो बैठकमा उपसभामुख तुम्बाहाङ्फेले आफ्ना धारणा राखेर राजीनामा दिने तयारी गरेकी छन्।
दिउँसो ४ बजे बस्ने बैठकबाट भने सभामुख निर्वाचनको तालिका सार्वजनिक गरिने छ, जसको अध्यक्षता जेष्ठ सदस्यको हैसियतमा राजपा सांसद महन्त ठाकुरले गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।