काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रस्तावित गरेका सभामुखका उम्मेदवार अग्नि सापकोटाप्रति आपत्ति जनाएको छ।
अदालतमा विचाराधिन मुद्दा कायम रहेकै अवस्थामा नेकपाले सभामुखमा सापकोटालाई उम्मेदवार बनाएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विरोध गरेका हुन्। प्रवक्ता शर्मा समाजिक सञ्जाल ट्विटरमा नेकपालाई नै विचाराधिन मुद्दामा उन्मुक्ति दिने अधिकार कसरी प्राप्त भयो? भनी प्रश्न गरेका छन्।
शर्माले नेकपालाई प्रश्न गर्छन्, 'सत्य निरूपणको टेबुलमा थियो त अलग कुरा अन्यथा अदालतमा विचाराधिन मुद्दामा के उन्मुक्ति दिने अधिकार राख्ने थलो हुन् राजनैतिक दल या संसद?’ उचित व्यक्ति छनोट नभए पदको गरिमा नै धरापमा पर्ने प्रवक्ता शर्माले सुझाएका छन्। सभामुखमा फरक गरिमा, सालिनता र सन्तुलनको संस्कारगत छवीसमेत अनुभूति हुनुपर्ने व्यक्ति हुनपर्ने शर्माको जिकिर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।