काठमाडौं- राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज रातिबाट सुरु हुने भएको छ। सोमबार राति १२ पछि दल तथा तिनका उम्मेदवारको मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएकाे छ।
राष्ट्रियसभाको रिक्त हुन लागेका १८ सिटका लागि माघ ९ गते बिहीबार निर्वाचन हुँदैछ। निर्वाचन आचारसंहितामा निर्वाचनको ४८ घण्टाअघिदेखि प्रचारप्रसार गर्न नपाइने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।