काठमाडौं- आत्महत्या दुरुत्साहनको आरोप लागेका टिभी पत्रकारहरू रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्की सफाइ पाएका छन्।
जिल्ला अदालत चितवनले सुरुमा धरौटीमा छोड्ने आदेश गरेका उनीहरूले सफाइ पाएका हुन्।
शालिकराम पुडासैनीले आत्महत्या गरेको र भिडियो सुसाइड नोटमा उनीहरुको नाम उल्लेख गरेपछि उनीहरूविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।
यसअघि जिल्लाले कार्कीलाई साधारण तारेखमा रिहा गरेको थियो भने लामिछाने र कँडेललाई क्रमश ५ लाख र ३ लाख धरौटीमा रिहा गर्ने आदेश सुनाएको थियो।
न्यायाधीश हेमन्त रावलको इजलासले संचारकर्मी लामिछाने, कार्की र कँडेललाई सफाइ दिने फैसला आइतबार सुनाएको हो।
यसअघि जिल्ला अदालतले लामिछानेलाई ३ शर्त राख्दै धरौटीमा रिहा गरेको थियो।
विदेश जान अनुमति लिनुपर्ने, शालिकराम पुडासैनी आत्महत्याबारे कार्यक्रममा छलफल तथा बहस चलाउन नपाउने र अदालतमा विचाराधीन विषयमा बोल्न नपाउने भन्दै अदालतले लामिछानेमाथि बन्देज लगाएको थियो।
लामिछानेसहित ३ जनाविरुद्ध भदौ ८ गते आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको थियो।
यस्तो छ फैसलाको पूर्णपाठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।