• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

भाइरलपछि गुमनाम इटहरी उपमहानगर

64x64
नेपाल लाइभ आइतबार, माघ ५, २०७६  ०७:१७
1140x725

इटहरी– इटहरी भन्ने बित्तिकै धेरैलाई मेयर द्वारिकलाल चौधरी याद आउँछ। इटहरी उपमहानगरपालिकामा जनप्रतिनिधि आएसँगै देशैभर चर्चामा पुगे मेयर चौधरी। अंग्रेजी बोल्ने मेयर र सार्वजनिक जग्गामा डोजर चलाउने जनप्रतिनिधि भनेर सुरुमा स्थानीय स्तरमा चर्चा पायो। केही समयपछि पत्रकारमाथि दुर्व्यवहार र पत्रकारको नाकको डाडी भाच्ने विषयले इटहरीको हेडलाइन समाचारमाध्ययममा राम्रैसँग बिक्यो। कर्मचारी भ्रष्ट भएको र तिनीहरूलाई कुटेरै तह लगाउने भन्दै मेयर चौधरीले अपरेसन सुरु गरेको दाबी गरे।

इटहरी-१९ का तत्कालीन वडा सचिव मनोज दाहाललाई कार्यकक्षमै बोलाएर मेयर चौधरीले कुटपिट गरेपछि इटहरी चर्चा चुलिएको थियो। सोही दिन उपमहानगरका ओभरसियर राम खड्कालाई पनि निष्काशित गरिदिए मेयर चौधरीले। लगत्तै मेयरको प्रतिक्रिया लिन पुगेका पत्रकारमाथि अभद्र व्यवहार भयो मेयर चौधरीबाट। 

त्यसपछि लामो समय चौधरी इटहरी बाहिरै रहे। काठमाडौंमा अन्तर्वार्ता दिँदै भ्रष्ट कर्मचारी र 'पत्रुकार'लाई कुटेको भन्दै आफू भ्रष्टाचारविरोधी अभियन्ता भएको दाबी गर्दै मिडियाबाजी गरे। सिएफएल बल्ब प्रकरणमा भ्रष्टाचार गरेको भन्दै उनले वडा सचिव दाहाललाई कुटपिट गरेको बताए। उता खड्काले पैसा खाएर काम गरेको भन्दै जागिरबाट निकालिदिएको स्पष्टीकरण दिए। 

त्यसअघि नै इटहरी साना सहरी तथा खानेपानी संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईंलाई कुटेको वक्तव्य दिँदै आएका थिए मेयर चौधरी। खानेपानी संस्थामा चरम भ्रष्टाचार गरेको भन्दै उनले चौलागाईंलाई भ्रष्टको उपमा दिए। तर केमा र कति भ्रष्टाचार भन्नेबारे उनले खुलाएनन्। 

भ्रष्टाचारीका दिन सकिएको भन्दै उनले भ्रष्टलाई तह लगाउने दाबी गरेका थिए। कर्मचारी कुट्ने, पत्रकार लोपार्नेदेखि भ्रष्टचारसम्मको विरोध गरेर चर्चामा आएका मेयर यतिबेला भने गुमनाम भएका छन्। अन्तर्वार्ताका क्रममा उनले एक महिनाभित्र उपमहानगरपालिका कार्यालयबाट १२ भ्रष्ट कर्मचारी निकाल्ने उद्घोष गरेका थिए। धेरै नेताले सार्वजनिक जग्गा मिचेको उनको आरोप थियो। 

भ्रष्टाचारी तह लगाउने अभिव्यक्ति दिएर चर्चामा आएका मेयर चौधरी पत्रकारको नाकको डाँडी भाच्न एक करोड छुट्याएको धम्की दिएर पुनः चर्चामा आए। पत्रकारले आफूलाई काम गर्न नदिएको बताउँदै उनले पब्लिक सेन्टिमेन्ट बटुले। त्यतिबेला उनी काठमाडौंमै थिए। मेयर चौधरीले मिडियमा स्पेस पाएकाले उनलाई पुलकित बनायो। 

त्यसको केही दिनमै सामाजिक दुर्व्यवहारविरुद्धको कार्यक्रममा बोल्दै उनले महिलालाई निक्कै तल्लो स्तरको सम्बोधन गरे। प्रदेशदेखि संघीय संसदसम्म मेयर चौधरीको कारबाहीको माग भयो। तर उनमाथि न कुनै कारबाही भयो, न कुनै प्रष्टीकरण नै दिनुपर्‍यो।

५ महिना अघि भाइरल भएको इटहरी अहिले गुमनाम जस्तै छ। विगत १ महिनामा उपमहानगरका दुई जना इन्जिनियरले राजीनामा दिइसकेका छन्। जसकारण घरनक्सा पास गर्नेदेखि भौतिक पूर्वाधार निमार्णको क्रममा समस्या देखापरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उपमहानगरपालिका कार्यालयबाट १२ जना भ्रष्ट कर्मचारी निकाल्ने र खानेपानीको भ्रष्टाचार सार्वजनिक गर्ने बताएका मेयर अहिले मौन छन्। मेयरले अगाएको आरोप पुष्टि गर्न नसकेको र शुसासनको प्रत्याभुति दिलाउन नसकेको भन्दै उनीमाथि प्रश्न उठ्न थालेको छ। त्यही समयमा इटहरीलाई एकपछी अर्का योजना सार्वजनिक गरिएका थिए। ठूलै तामझामबीच सार्वजनिक गरिएका योजना अहिले अलपत्र छन्। हामीले केही योजनाबारे यो सामग्रीमा प्रस्तुत गर्ने जमर्को गरेका छौं। 

वाइफाई जोन
कार्यपालिकाको पहिलो बैठकबाट निर्णय भएको वाइफाई जोनको योजना अहिले अलपत्र अवस्थामा छ। इटहरीका महत्वपूर्ण चौकमा फ्री वाइफाई जडान गर्ने योजना अहिले बेवारिसे बनेको हो। वडाध्यक्षदेखि मेयरसम्मका उम्मेदवारले वाचा गरको फ्री वाइफाइको मुद्दा अहिले हराएको छ। कार्यपालिकाबाट निर्णय भएर कार्यान्वयन गर्नुपर्ने अवस्थामा पुगे पनि उपमहानगरभित्रको आन्तरिक तनावका कारण योजना अलपत्र परेको हो। 

जनता पार्क
जनता पार्कका विषयमा कुनै बेला इटहरीलाई कुनै बेला जुरुक्क उठेको भान हुन्थ्यो। इटहरी-९ मा अवस्थित डिभिएम बोर्डिङले भोगचलन गरिरहेको खेलमैदानमा जनता पार्क बनाउने योजना अगाडि सारिएको थियो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्ने भनिएको सो पार्क पछि राजनैतिक समीकरण नमिलेपछि एक वृद्धले शिलन्यास गरेका थिए। 

मेयर चौधरीले भूमाफियाले जग्गा मिचेको भन्दै स्कुल भत्काउने धम्की दिए। आफू काम गर्ने मेयर भएको भन्दै उनले सो खेलमैदानमा डोजर नै चलाए। पछि क्रिकेट खेलाडीहरूको विराध भएपछि सो मैदानमा तारबार गर्ने काम मात्र भयो। अहिले मैदानमा तारबार छ। तर काम कमसल भएकोले तारबार भत्कन थालिसकेकोछ। उता जनता पार्क अलपत्र परेको छ। उपमेयर लक्ष्मी गौतमले मैदानमा केही फलैंचा बनाउने, सोलार लाईट जडान गर्ने र घुम्न लायक बनाउने गरी काम भइरहेको दाबी गरिन्।  

क्यान्सर अस्पताल 
इटहरी ५ काव्यवाटिकामा क्यान्सर अस्पताल निर्माण गर्ने योजना तय गरेको थियो उपमहानगरले। इटहरीमा क्यान्सर अस्पताल बन्ने भयो भनेर धेरैले खुसीयाली साटासाट गरे। कतिपयले काव्यवाटिका छेउछाउमा खडेरी खरिदसमेत गरेका थिए।

केही जग्गा कारोबारीले अब विस्तृत योजना प्रतिवेदन आउनै लाग्यो भन्दै जग्गा बिक्री गरी नाफा कमाए। काव्यवाटिकाको जग्गामा बन्न लागेको उक्त अस्पतालबारे जग्गाका विषयमा कुरा नमिलेका कारण योजना असफल भयो। 

खोलामा मोटरबोट तथा ग्रिनरी
इटहरीका वडाहरू ४, ६, ३ र २ भएर बग्ने टेङ्ग्रा खोलामा मोटरबोट चलाउने र खोला वरिपरि बिरुवा रोपेर हरीयाली बनाउने योजनामा समेटिएको थियो। खोलाको वारिपारि बाटो बनाउने योजना थियो। विस्तृत योजना प्रतिवेदन बन्ने अवस्थासम्म पुगेको उक्त योजना अहिले अलपत्र छ।

पछिल्लो बजेट नीति तथा कार्यक्रममा २० लाख बजेट छुट्याइएको छ। तर सो आयोजनाको काम भने अघि बढेको छैन। 

मोबाइल ट्वाइलेट 
कार्यपालिकाको पहिलो बैठकको निर्णय हो मोबाइल ट्वाइलेट संचालनमा ल्याउने। इटहरीमा सार्वजनिक शौचालय नभएको गुनासो बढिरहेको बेला यो निर्णयले निकै प्रशंशा पायो। तर निर्णय भएको दुई वर्ष पूरा हुँदासमेत एउटा पनि मोबाइल शौचालय निर्माण हुन सकेको छैन।

जनप्रतिनिधि आउनु अगाडि नै अभ्यास गरेर असफल भएको माेबाइल ट्वाइलेटको अवधारण पुनः निर्माण गर्ने निर्णय भएको थियो। उपमेयर गौतमले भनिन्,  'उपमहानगरपालिकाको गेट अगाडि नै सुविधा सम्पन्न शौचालय बनाउने काम सुरु भइसकेको छ। माेबाइल ट्वाइलेट असफल प्रयास भएकोले यसलाई स्थगित गरिएको हो।' 

रात्रीकालीन बजार 
साँझ ७ बजे नै बन्द हुने इटहरीमा रात्रीकालीन बजारको माग भएको लामो समय भयो। इटहरी सहर हुन नसकेको भन्दै सुरक्षा निकाय र स्थानीय सरकारसँग स्थानीयले रात्रीकालीन बजारको व्यवस्थापन गरिदिन माग गरेका हुन्।

सोअनुसार इटहरी उपमहानगरले एक समिति गठन गरेर रात्रिकालीन बजार सम्भाव्यता अध्ययन गर्न भारतका विभिन्न सहरको भ्रमण गरेको थियो। तर १ वर्ष अघिदेखि सुरु भएको यो योजनामा खास प्रगति भएको छैन। गत असोजदेखि सुरु हुने भनिएको योजना अहिले गुमनाम छ। उपमेयर गौतम आगामी बैसाखदेखि रात्रिकालीन बजार संचालन हुन सक्ने बताउँछिन्।

माछापालन 
भाइरल भएकै बेला मेयरले इटहरीका विभिन्न पोखरीमा माछाका भुरा र चारो हाल्न सुरु गरेका थिए। जुन विषय मूलाधारका मिडियामा ब्यानर न्युज बन्यो।

युवा स्वारोजगार, स्थानीय उत्पादन बढाउने र सार्वजनिक पोखरीलाई उत्पादनसँग जोड्ने भन्दै माछा अभियान सुरु भयो। तर जुन दिन मेयर चौधरीले माछाका भुरा र चारो पाखरीमा हाले, त्यस दिनदेखि ती पोखरीका माछाको हेरचाह भएको छैन।

प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  ०७:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १८ शव भेटिए, निकाल्ने प्रयास जारी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १८ शव भेटिए, निकाल्ने प्रयास जारी शुक्रबार, असोज २, २०८३
भारत–नेपाल आईजीएससी बैठक सम्पन्न, व्यापार र पारवहन सहकार्य बढाउने प्रतिबद्धता शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरेर २ करोड ५० लाख ठगी, दुई जना पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्