काठमाडौं- नेपालमा अमेरिकी एमसिसी परियोजनाबारे विवाद र समर्थन दुवै चलिरहेको समयमा यसलाई स्पष्ट पार्न अमेरिकी दूतावास आफैं सक्रिय भएको छ।
दूतावासले सामाजिक सञ्जाल फेसबुकमा एमसिसी सम्बन्धित सम्झौतालाई नागरिक स्तरसम्म बुझाउने उद्देश्यले नेपालीमा अनुवाद गरी शुक्रबार सार्वजनिक गरेको हो।
एमसिसीको विपक्षमा पूर्व माओवादी र नेकपाका केही नेताहरू पछिल्लो समय खरो आलोचनामा उत्रिरहेका छन्।
भिम रावल‚ देव गुरुङ्गलगायतका नेकपाका नेताले एमसिसी परियोजना संसदबाट पास गर्न नहुने अडान राख्दै आएका छन्। तर‚ प्रतिपक्ष नेपाली कांग्रेसले भने छिट्टै यो परियोजना पारित गर्नुपर्ने माग गर्दै आएको छ।
एमसिसी परियोजनाबारे विवाद चर्किरहेका बेला यसलाई साम्य पार्न दूतावासले सामाजिक सञ्जाल डिप्लोमेसी प्रयोग गरेको देखिन्छ।
पछिल्ला वर्षहरूमा नेपालमा रहेका विदेशी दूतावासहरू सामाजिक सञ्जालमा सक्रिय हुँदै आएका छन्।
एमसिसी सम्झौताको पूर्णपाठ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।