काठमाडौं– तस्करहरुले टुरिस्ट बसलाई तस्करीका लागि प्रयोग गर्न थालेका छन्। प्रहरीले २५ लाख रुपैयाँ बराबरको तस्करीका सामानसहति एक बसलाई नियन्त्रणमा नियन्त्रणमा लिएको छ।
काठमाडौ– दिल्ली चल्ने बा ४ ख ४५१६ नम्बरको टुरिष्ट बसबाट २५ लाख रुपैयाँ बराबरको कुर्ता सुरुवाल लगायत सामान बरामद भएको हो। प्ररहीले बसका चालक झिल्केमान रुम्बा र सहचालक सुजन पुनलाई पनि पक्राउ गरेको छ।
बसलाई शंका लागि चेकजाँच गर्ने क्रममा फल्स बटम बनाई सामान लुकाइएको खुलेको हो। फल्स बटममा सामान लुकाउदा सीमामा कर्मचारी र प्रहरीले पत्ता नलगाउने भएकाले उनीहरुले यस्तो तरिका अपनाएका हुन। यसअघि पनि पनि प्रहरीले काठमाडौं– दिल्ली चल्ने टुरिष्ट बसहरुबाट ठुलो मात्रामा तस्करीमा सामान बरामद गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।