काठमाडौं– विगतमा जस्तै निर्णय गर्ने तथा कार्यान्वायन नगर्ने प्रवृत्ति अन्त्य भएमा काठमाडौंको ठमेल तथा पोखराको लेकसाइड लगायतका पर्यटकीय हब चाौबीसै घन्टा खुल्ला रहनेछन्।
गृह मन्त्रालयले असार महिनाभित्र पर्यटकीय हबहरुमा चौबीसै घन्टा बजार खुला राख्न सुरक्षा प्रबन्ध मिलाउने तयारी सुरु गरेको छ। मन्त्रालयको गृह प्रशासन सुधार कार्ययोजनाको ७७ नम्बर बुँदामा ‘सरोकारवालाहरु सँगको सहकार्यमा पर्यटकको आवागमन बढी हुने क्षेत्रहरुमा २४ घन्टा बजार खुला राख्न सुरक्षा व्यवस्था मिलाइने’ उल्लेख छ।
पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यले यस्तो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।
गतवर्ष असारमा पनि तत्कालीन गृहमन्त्री जनार्दन शर्माले एक महिनाभित्र ठमेलको बजार २४ घन्टा खुला राख्ने निर्णय गरेका थिए। तर, त्यो कार्यान्वायन हुन सकेन। तर, यसपटक कार्यान्वयन गरेर छाडिने गृह मन्त्रालयका अधिकारीहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।