काठमाडौं- तनहुँमा प्रहरीको ट्रक दुर्घटना हुँदा एक प्रहरीको मृत्यु भएको छ भने १५ जना प्रहरी घाइते भएका छन्।
दुर्घटनामा प्रहरी जवान सन्दीप केसीको मृत्यु भएको हो।
चितवनको दासढुंगा पारी तनहुँ देवघाट गाउँपालिका वडा नम्बर ५ मा प्रहरीको ट्रक दुर्घटनामा परेको हो।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर भएको प्रहरीले जानकारी दिएको छ। चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा घाइतेहरुको उपचार भइरहेको बागमती ट्राफिक प्रमुख एसपी प्रकाश रानाभाटले जानकारी दिए ।
चितवनको देवघाटमा लागेको मेलामा सुरक्षा प्रदान गरेर फर्केको प्रहरीको ट्रक दुर्घटनामा परेको हो।
घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।