• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार ७, २०८३ Sun, Jun 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

नेकपाले सभामुख उम्मेदवार तयार गरे मैले राजीनामा दिन्छु : शिवमाया तुम्बाहाङ्फे

64x64
नेपाल लाइभ मंगलबार, पुस २९, २०७६  १३:५१
1140x725

काठमाडाैं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको खिचातानीले प्रतिनिधिसभा बैठक सरेको सर्‍यै छ। सभामुख चयन प्रक्रिया पनि अघि बढेको छैन। नेकपाका शीर्ष नेताले सभामुख बनाउन चाहेका उम्मेवारको पक्ष विपक्षमा विश्लेषण भइरहँदा उपसभामुख शिवमाया तुम्बाहाङ्फे पनि चर्चाको केन्द्रमा छिन्। उनलाई केही दिनअघि नेकपा सचिवालय बैठकले राजीनामा दिन निर्देशन दिने निर्णय गरेको थियो।

उता तुम्बाहाङ्फेले भने राजीनामा दिन अस्वीकार गरिरहेकी छिन्। यस अन्तर्वार्तामा पनि उनले नेकपाले सभामुखको उम्मेवार टुंग्याएमात्रै आफूले राजीनामा दिने बताएकी छन्। प्रस्तुत छ, उनीसँगको कुराकानीः

संसदमा एउटा गतिरोध देखिएको छ। तीन-तीन पटकसम्म संसदको बैठक बस्न सकेन। यो कहिलेसम्म?
गतिरोध अन्त्य गर्ने भन्ने निर्णय प्रतिनिधिसभामा बहुमत प्राप्त दल नेकपाको हातमा छ।

संसद किन रोकिएको? बिजनेश नभएर हो वा अरु कुनै कारण छ?
बिजनेश हामीसँग थियो। अहिले सभामुख पद रिक्त छ। त्यो रिक्त पदलाई पूर्ति गर्नका लागि हामीले निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने थियो। तर, त्यसलाई अगाडि बढाउनका लागि मैले उम्मेदवार बनाउँछु भनेर अगाडि भनेको थिएन।

केही दिन भयो, उसले सभामुख पदमा उम्मेदवार बनाउँछु भनेको छ। यद्यपि, उसले आफ्नो उम्मेदवार तयार गरेको छैन। जसले गर्दा पुस २७ गतेको जुन बैठक थियो, त्यसलाई केही दिन सारौं भन्ने उहाँहरुको आग्रह भएपछि बैठक हामीले पछाडि सारेका छौं। अर्को बैठक माघ ६ गतेका लागि बोलाइएको छ। सम्भवतः त्यसदिन प्रक्रिया अगाडि बढ्छ।

संसदको गतिरोध त संसदबाट खोल्नुपर्ने थियो। तर, अहिले त संसदभन्दा बाहिर कुनै राजनीतिक दलको निर्णयको कुरा आइरहेका छन्। यसबारे कतिको जानकार हुनुहुन्छ? कसरी लिनुभएको छ?
संसदभित्र देखिएको गतिरोधलाई व्यवस्थापन र अन्त्य गर्नका निम्ति प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुले छलफल र अन्तरसंवाद गर्ने कुरा हुन्छ। अहिलेको विषय फरक हो। किनभने, अहिले सभामुख पद रिक्त छ। त्यसलाई परिपूर्ति गर्नका निम्ति निर्वाचन प्रक्रिया अगाडि बढाइदिनुपर्ने हुन्छ। तर, त्यसका लागि सत्तारुढ दलले सभामुख आफूले लिने भनेर निर्णय गरेर अगाडि बढिसकेको छ।

त्यसअघि उसले भनेको थिएन। अन्य दलले उम्मेदवारी दिए पनि निर्वाचित हुने सम्भावना कम छ। जसले निर्वाचित गर्न सक्छ, उसैले उम्मेवार उठाउनुपर्ने हुन्छ। तर, त्यस्तो अवस्था थिएन।हामीले सबैभन्दा पहिले सभामुख निर्वाचित गर्नुपर्ने हो। र अहिले त्यो प्रक्रियालाई अगाडि बढाउनुपर्ने हुन्छ।

तपाईं अहिले केन्द्रमा हुनुहुन्छ। पार्टीले तपाईंको राजीनामा मागेको विषयमा त हामीले औपचारिक रुपमा नै हेर्न र पढ्न पायौं। तपाईंलाई त्यस विषयमा जानकारी छ?
अहिले सभामुख पद रिक्त छ। त्यसलाई नेतृत्व गर्न नेतृत्वदायी भूमिकामा बसेर काम कारबाही गरिरहने उपसभामुख केन्द्रमा रहनु स्वभाविकै हो। यो संस्थालाई नेतृत्व प्रदान पनि गर्नुपर्छ। मैले पनि सञ्चार माध्यमबाटै थाहा पाएको हो- नेकपाले राजीनामा दिनका लागि निर्देशन जारी गर्‍यो।

nimb
nimb
Ncell 2
Ncell 2

यसपछि मैले प्रतिक्रिया दिने सन्दर्भमा के भनें भने नेपालको प्रमुख मध्येको एउटा संस्था व्यवस्थापिका। त्यहाँ रहने प्रमुख व्यक्तिले राजीनामा दिइसकेपछि दोस्रो व्यक्तिले अहिले नेतृत्व प्रदान गरिरहेको छ। त्यसलाई कुनै एउटा दलले नेतृत्वबाट बाहिर जाऊ भनेर निर्देशन जारी गर्न मिल्दैन। संविधानतः मिल्दैन। म अहिले प्रतिनिधिसभामा बसेर काम गरिरहेको अवस्थामा म स्वतन्त्र व्यक्ति हो।

जतिबेला मलाई दलले उम्मेदवार बनाएर निर्वाचित भएँ, त्यसपछि मैले दल त्याग गरेको हो। कुनै पनि पदमा साधारण सदस्य समेत नरहने गरी म बाहिर निस्किएँ। त्यसकारण मैले स्वतन्त्र ढंगले मैले संस्थालाई नेतृत्व प्रदान गर्नुपर्छ। अहिले पनि गरिरहेको छु।

अहिलेको सन्दर्भमा 'दलले निर्देशन दिए पनि अटेर गरेर बसेको' भन्ने गरेको मैले पनि सुनेको छु। यो प्रतिनिधिसभा एउटा संस्था हो। यसलाई मैले नेतृत्व प्रदान गर्नुपर्छ। गरिरहेको छु। यस्तो व्यक्तिलाई कुनै एउटा दलले भन्न मिल्दैन। भने पनि मैले यो संस्थालाई खालि गर्न मिल्दैन। किनभने, संविधानले प्रतिनिधिसभालाई कुनै समयमा रिक्त हुने भनेर परिकल्पना गरेको छैन। सभामुख वा उपसभामुखले नेतृत्व गरिरहन्छन् भन्ने नै परिकल्पना हो। त्यसलाई हामीले ग्रहण गर्नुपर्छ।

जबसम्म दलले आफ्नो उम्मेदवारलाई टुंग्याएर अगाडि सार्दैन, तबसम्म मैले प्रतिनिधिसभालाई नेतृत्वविहीन बनाएर छोड्ने पक्षमा छैन। किनभने, जतिबेला मैले उपसभामुखमा सपथ लिएको थिएँ, त्यतिबेला मैले संविधानलाई टेकेर, त्यसलाई कार्यान्वयन गर्छु भनेर, कसैको डर नमानी अघि बढ्छु भनेर सपथ लिएको थिएँ।

मेरो पद समाप्त नभएसम्म मैले प्रतिनिधिसभालाई प्रतिनिधित्व गर्छु भनेर बसेको हो। अहिले पनि त्यही अवस्थामा छु। त्यसैले मैले राजीनामा दिएको छैन। दिने अवस्थामा पनि छैन। किनभने, दलले आफ्नो उम्मेदवार अगाडि बढाएको छैन।

दलले आफ्नो उम्मेवार अगाडि बढाइसकेपछि मैले प्रतिनिधिसभाको बैठकमा सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउने सन्दर्भमा राजीनामा गर्छु। त्यो गरिसकेपछि उपसभामुख पद पनि खालि हुन्छ, सभामुख त खालि छँदैछ। अनि निर्वाचन प्रक्रिया अगाडि बढ्छ। मैले के सोंचेको छु, संविधानले दिएको ड्युटी मैले पूरा गर्नुपर्छ।

मैले भनेजस्तो गर्दा प्रतिनिधिसभा छोटो समयमात्रै रिक्त हुन्छ। म लामो समयसम्म रिक्त गराउने पक्षमा छैन। किनकि, संविधानले नै रिक्त बनाएर जाऊ भनेर मलाई भनेको छैन। संविधान नै सबैभन्दा ठूलो हो। संविधानले निर्देशित गरेर राज्य चल्छ। त्यस मातहतका सबै दल र निकाय चल्नुपर्छ।

संविधानकै आधारमा मैले प्रतिनिधिसभा रिक्त बनाउने अवस्था छैन र मैले राजीनामा नदिएको हो।

राजीनामा दिनुभएका सभामुखलाई पनि दलले राजीनामा दिन निर्देशन दियो। उहाँले दिनुभयो। तपाईंलाई पनि त्यसैगरी भनेको छ। त्यही निर्देशन सभामुखलाई लागू हुने उपसभामुखलाई लागू नहुने हुनसक्छ?
निवर्तमान सभामुखलाई अनुसन्धानका लागि राखिएको छ। उहाँलाई चार्ज लगाएको सबै नेपाली जनतालाई थाहा छ। त्यो चार्ज लगाएर दलले सभामुख पदबाट राजीनामा दिएर बाहिर निस्कनु भनेर निर्देशन दिने अवस्था थियो। त्यतिबेला निवर्तमान सभामुखलाई पक्राउ गरिसकिएको अवस्था थियो। त्यो घटना फरक हो। र अहिलेको घटना फरक हो।

निर्देशन कुन प्रसंगमा दिएको हो। त्यो त छुट्याउनुपर्‍यो नि। त्यतिबेला उहाँलाई निर्देशन दिनु सान्दर्भिक हो। अहिले उपसभामुखलाई निर्देशन दिनु गलत हो। किनकि, प्रतिनिधिसभा एउटा स्वतन्त्र संस्था हो भन्ने कुरा मैले अघि भने नि। दल र प्रतिनिधिसभाको आ-आफ्नो अस्तित्व हुन्छ। आआफ्नो ढंगले चल्छन्। अहिले दलले उपसभामुखलाई राजीनामा दिएर छाड भन्न मिल्दैन। सभामुखलाई निर्देशन दिएको प्रसंग नै फरक हो।

सभामुखको सम्भावित तपाईं आफैं पनि हो? यदि तपाईं नै हो भने दलले किन अर्को उम्मेद्वार खोज्दै छ त? उसले किन राजीनामा दिन भन्यो त?
म पनि सभामुखको सम्भावित व्यक्ति हो। राजीनामाको प्रसंगमा दलले नभने पनि मैले राजीनामा दिन्छु नै। दलभन्दा संविधान ठूलो हो। संविधानको धारा ९१ को उपधारा १ देखि ६ सम्म सबै विषय त्यहाँ लेखिएको छ। त्यहाँ सभामुख र उपसभामुख फरक लिंग र दलको हुनुपर्ने भनेको छ।

संविधानले नै बोलिसकेपछि त्यसलाई कार्यान्वयन गर्ने अवस्थामा हामी पुगेका छौं। सभामुख पद रिक्त छ। त्यही दलले मलाई उपसभामुख बनाएर म आएको हो। अब सभामुख पद सत्ता पक्षले लिन्छु भनिसकेपछि मैले मार्ग प्रशस्त गर्नुपर्छ र गर्छु भनेकै थिएँ पहिले। अहिले पनि मैले भन्दैछु। दलले राजीनामा देऊ नभनीकन मैले दिनुपर्छ। संविधानले नै मलाई भनेको छ नि त। अह्राएको छ। सभामुख सत्तापक्षले लियो भने मैले जान्नुपर्ने कुरा हो।

सभामुख पद सत्तापक्षले लिन्छु भनिसकेपछि सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउने बेलामा मैले राजीनामा दिन्छु भनेर म तयार अवस्थामा बसेको थिएँ। तर अहिले सत्तापक्षले निर्देशन जारी गरेको छ रे। त्यो मिल्दैन।

विस्तृत अन्तर्वार्ता भिडियोमा हेर्नुहोस्:

प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १३:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
रास्वपाको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन भरतपुर पुगे
रास्वपाको महाधिवेशनमा गगन थापा जाने
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? आइतबार, असार ७, २०८३
रास्वपाको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन भरतपुर पुगे आइतबार, असार ७, २०८३
रास्वपाको महाधिवेशनमा गगन थापा जाने आइतबार, असार ७, २०८३
ब्राउन सुगरसहित बाँकेबाट एक जना पक्राउ आइतबार, असार ७, २०८३
रास्वपा महाधिवेशनमा चार हजार २११ प्रतिनिधि आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
महाधिवेशनका लागि चितवन पुगे रवि लामिछाने शनिबार, असार ६, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
समयमा काम नगर्ने ठेकेदारलाई थुनेर, बाटो छेकेर वा कुटेर भए पनि काम लगाउन मन्त्री लम्सालको निर्देशन शनिबार, असार ६, २०८३
संस्थापक सबै सदस्यलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने रास्वपाको निर्णय आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्