• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

वृद्धवृद्धालाई जाडोबाट कसरी जोगाउने? के खुवाउने?

64x64
नेपाल लाइभ सोमबार, पुस २८, २०७६  ०६:१५
1140x725

जाडो मौसम प्रायः सबैका लागि असहज नै हुन्छ। अझ वृद्धवृद्धाका लागि त यो मौसम निकै कष्टकर हुन्छ। जाडोले उनीहरुको स्वास्थ्यमा छिट्टै नकारात्मक प्रभाव पार्न सक्छ। मुटु तथा श्वास–प्रश्वासका बिरामी छन् भने त यो मौसमले झन् जटिल समस्या ल्याउन सक्छ।

प्रत्येक वर्ष २० हजारभन्दा बढी वृद्धवृद्धाको मृत्यु जाडोको कारणले हुने गरेको छ। यसरी मृत्यु हुनेमा आधा अर्थात् १० हजार जति मुटुसम्बन्धी रोग लागेका पर्छन् भने ५ हजार जति श्वास–प्रश्वाससम्बन्धी रोग लागेका र मांसपेसी कमजोर भई लड्ने गरेका हुने अध्ययनले देखाएको छ। 

वृद्धावस्थामा प्राकृतिक तवरले शरीरको क्रियाकलापमा कमी आउने, शरीर कमजोर हुने, खानाप्रति रुचि कम हुने, खाएको खाना उचित रुपमा सदुपयोग गर्न नसक्ने जस्ता कारणले रोग–प्रतिरोधात्मक क्षमतामा कमी आउने हुन्छ। जसका कारण जाडो याममा छिट्टै संक्रमण हुने सम्भावना बढी हुन्छ। 

यसका साथै मुटुसम्बन्धी रोग तथा ब्रोङ्काइटिस, दम, इम्फिसेमा जस्ता श्वास–प्रश्वाससम्बन्धी रोग लाग्दा स्थिति झन् नाजुक बनाउँछ। 

जाडोबाट बच्न न्यानो लुगा, बस्ने उचित व्यवस्था मिलाउनुका साथै दैनिक खानामा पनि ध्यान पुर्‍याउन सकेमा यस्ता समस्या हुनबाट केही हदसम्म जोगिन सकिन्छ। भन्डै ९० प्रतिशत जति व्यक्तिको स्वास्थ्य स्थिति उसले खाने खानामा भर पर्छ।

स्वास्थ्य र पोषिलो खानाले वृद्धावस्थामा देखिने विविध प्रकारका रोगहरु जस्तै मुटुसम्बन्धी रोग, केही प्रकारका क्यान्सर, कब्जियत, मोटोपना, दाँत किराले खाने, कुहिने आदि समस्यालाई कम गर्छ। उचित प्रकारले खाद्य पदार्थको छनोट र उपयुक्त खाना खाने बानीले शरीर स्वस्थ र न्यानो राख्न मद्दत पुयाउँछ। 

अन्य अवस्थाको साथै जाडो याममा दैनिक भोजनको व्यवस्था गर्दा तिनै खाद्य समूहबाट पर्ने गरी भोजनको योजना गर्नुपर्छ। यसरी योजना गर्दा व्यक्तिको दैनिक क्यालोरी, प्रोटिन, खनिज पदार्थ, भिटामिनको आवश्यकता, उसको शरीरिक अवस्थालाई ध्यान पुर्‍याउनुपर्छ।

साधारणतयाः वृद्धावस्थामा शारीरिक क्रियाकलाप कम हुने भएकोले व्यक्तिको बेसल मेटाबोलिजमको दर (बिएमआर) कम हुन्छ तर जाडोमा अन्य मौसममा भन्दा बिएमआर बढ्ने हुनाले यस समयमा केही थप क्यालोरी आवश्यक पर्छ। व्यक्तिको शरीरको तौलअनुसार दैनिक परिमाण कम वा बढी गर्नुपर्छ। वृद्धावस्थामा क्यालोरीको परिमाण कम गरे पनि प्रोटिनको आवश्यकता वयष्कलाई जति नै पर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

यस अवस्थामा पुरुषको लागि एक किलोग्राम शरीरको तौलबराबर एक ग्राम प्रोटिन आवश्यक हुन्छ भने महिलाको लागि ०.८ ग्राम प्रोटिन आवश्यक हुन्छ। यस अवस्थामा खासगरी प्रोटिनको आवश्यकतालाई विशेष ध्यान दिनुपर्छ। एक त उनीहरुमा खानामा रुचि  कम हुने र राम्ररी पचाउन नसक्ने  हुन्छ भने अर्कोतिर मांसपेसी कमजोर हुने भएकोले खानामा प्रोटिन भएको खाद्यपदार्थ समावेश गर्दा गुणस्तरीय प्रोटिनयुक्त खाद्यपदार्थको छनोट  गर्नुपर्छ। 

यस अवस्थामा प्रायजसो  क्याल्सियम, लौहतत्व जस्ता खनिज पदार्थ राम्ररी शोषण नहुने,  हाडको धनत्व कम हुने, मांसपेसी कमजोर हुने, अस्टोमलेसिया, एनिमियाजस्ता समस्या हुन्छन् भने जाडो मौसममा यीबाहेक शरीरको तापक्रम कम भई चेतना हराउने, लडेर हातखुट्टा भाँचिने सम्भावना हुन्छ। यसको लागि दैनिक खानामा प्रशस्त क्याल्सियम तथा लौहतत्वयुक्त खाद्यपदार्थ समावेश गर्नुपर्छ।  

यस अवस्थामा दैनिक क्याल्सियम ०.८ देखि १० ग्राम र लौहतत्व ३० देखि ४० मिलिग्राम आवश्यक पर्छ। यसैगरी शरीरमा संक्रमण रोग लाग्न नदिन तथा अन्य पौष्टिक तत्वको कार्यलाई टेवा पु¥याउन दैनिक खानामा भिटामिनलाई पनि ध्यान दिनुपर्छ। विशेषगरी ए, बी, बी१२, सी र डी भिटामिन खानाबाट पूर्ति गर्नुपर्ने हुन्छ।

कब्जियत र जलवियोजन जस्ता समस्याले बुढाबूढीलाई बढी पिरोलेको हुन्छ। एक त यस उमेरका व्यक्तिमा तिर्खा नलाग्ने, तिर्खा नलागुन्जेलसम्म पानी नपिउने बानी, त्यसमाथि जाडो मौसममा साधारणतयाः कम मात्र पानी पिउने हुन्छ। यसैगरी खाना चपाउन र पचाउन गाह्रो हुने भएकाले दैनिक भोजनमा फाइबरयुक्त खाद्यपदार्थ समावेश पनि कम हुन्छ। यी समस्यालाई कम गर्न खानामा पोषिलो, तातो झोल खाद्यपदार्थ तथा हल्का पचाउन सक्ने किसिमको फाइबरयुक्त पदार्थहरु समावेश गर्नुपर्छ। यसबाहेक उनीहरुलाई सकेसम्म बढी पानी पिउनमा जोड दिनुपर्छ।

Xtrem

Xtrem

ध्यान दिनुपर्ने कुरा

वृद्धावस्थामा शरीरका सम्पूर्ण प्रणालीमा धेरै परिवर्तन हुन्छ भने उनीहरू कुनै न कुनै रोगबाट ग्रसित हुन्छन्। जाडो याममा त उनीहरुको स्थिति झन् नाजुक हुन सक्छ। त्यस कारण जाडोबाट बच्न र स्वस्थ रहन अन्य कुराका साथै दैनिक पोषिलो र तातो खानामा ध्यान पुर्‍याउनपर्छ। यसका साथै निम्न कुराहरुमा पनि ध्यान दिनुपर्छः

  • दैनिक भोजनको योजना गर्दा पोषिलो खाद्यसमूहबाट पर्ने गरी खाद्यपदार्थको छनोट गर्नुपर्छ।
  • मौसमअनुसार खाद्यपदार्थको छनोट गर्नुका साथै बुढाबूढीले खाना चपाउन तथा पचाउन सक्ने हुनुपर्छ।
  • यस अवस्थामा छिटो खान नसक्ने र चाँडै खाना चिसो हुने भएकोले थोरै तर पटकपटक दिँदा बेस हुन्छ। 
  • प्रोटिन तत्वहरु शरीरमा राम्ररी शोषण नहुने भएकोले यी तत्वहरुको परिमाण र गुणस्तरमा ध्यान दिनुपर्छ। 
  • बुढाबुढीलाई दिने खानाको उचित छनोट गर्नुका साथै पकाउने उपयुक्त विधि अपनाउनुपर्छ। किनकी प्रायजसोको दाँत र गिजा कमजोर हुने भएकाले उनीहरु  नरम खाना रुचाउने हुन्छन्। 
  • प्रायः जाडो मौसममा शरीरको तापक्रम कम भई बिसन्चो हुने, चेतना हराउने, एकाग्रता नहुने, विस्तारै श्वास फेर्ने, नाडी कमजोर हुने उचित उपचार नपाएमा मृत्युसमेत हुनसक्ने भएकोले पोषिलो तथा तातो खानाको व्यवस्थाका साथै सम्बन्धित चिकित्सकसँग उचित परामर्श लिनुपर्छ। 
  • प्रशस्त तातो पोषिलो झोल पदार्थ पानी पिउन दिनुपर्छ। यस उमेरसम्म आफ्नै प्रकारको खाना खाने प्रवृत्ति तथा बानी हुने भएकोले सम्झाइबुझाइ नकारात्मक बानीमा परिवर्तन गर्नुपर्छ। 
  • दैनिक खानामा प्रशस्त मात्रामा दुध, माछा, मासु, अन्डा, हरियो सागपात, ताजा फलफूल समावेश गर्नुपर्छ। 
  • भिटामिन  ‘सी’ युक्त फलफूल, जुस, सुप दैनिक भोजनमा कमसे कम एक पटक समावेश गर्नुपर्छ। 
  • इच्छा लागेर पनि दाँतको कारणले वा खान गाह्रो भई कतिपय खानेकुरा खान नसक्ने  हुन्छ। जसले गर्दा कहिलेकाहीँ वृद्धहरु पोषिलो खानाबाट वञ्चित हुन बाध्य हुन्छन्। त्यस्तो अवस्थामा मसिनो गरी काटेर अन्य खाद्यपदार्थको साथ मिलाई नरम पारेर पकाउनेजस्ता कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ। 
  • यदि खानाप्रति रुचि कम छ भने सकेसम्म स्वादिलो तवरले आकर्षक ढंगले सजाएर खुवाउँदा बेस हुन्छ। 
  • सकेमा मुख्य खानाको बीचबीचमा दुध, सुप, जुस दिँदा बेस हुन्छ। साथै राति सुत्नुअगाडि तातो दुध पनि दिन सकिन्छ। थर्मसमा सम्भव भए तातो झोल पदार्थ अथवा नभए तातो पानी मात्र भए पनि राखिदियो भने बुढाबूढीहरु आफैंले समयसमयमा पिउन सक्छन्।

(डा प्रधान पोषणविद् हुन्)

प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  ०६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्